ओलीले गरेका सबै अपराध छानबिन गरि कारबाही गर्नुपर्छ: डा. भट्टराई
काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नव गठित जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले आफ्नो तत्कालीन पार्टी समाजवादीतर्फ लक्षित गरेर प्रधानमन्त्री ओलीले हानेको गोलीले आफैलाई लागेर घाइते भएको बताएका छन् ।
सरकारले ल्याएका विवादित अध्यादेश फिर्ता लिएपछि प्रतिक्रिया दिँदै उनले अध्यादेशले आफैलाई असर गरेपछि ओलीले फिर्ता लिएको समेत बताएका छन्।
भट्टराईले ‘यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओली र उनको आडमा भएको गम्भीर अपराध’ नलुक्ने र त्यसको छानबिन गरेर कारबाही गर्नुपर्ने बताएका छन्।
उनले अगाडी लेखेका छन्, ‘समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका @kpsharmaoli ले अध्यादेश फिर्ता लिएछन्।
त्यस्तै ओली कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहने पनि भट्टराईको भनाइ छ।