प्रधानमन्त्री ओलीद्वारा ‘काठमाडौं कोरोना मुक्त’ भएको घोषणा
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यका कोरोना मुक्त भएको घोषणा गरेका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार ट्वीट गर्दै कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो भएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएको बताएका हुन् ।
उनले ८१ वर्षीया जेष्ठ निको भएकोमा सन्तोष लागेको पनि बताएका छन् । उनले डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गरेका छन् ।
कोरोनाको फैलावट रोक्न परीक्षणको दायरा बढाउन चौतर्फी आवाज उठिरहेको छ । सरकारले परीक्षणको दायरा बढाउँदै लगे पनि त्यो पर्याप्त नभएको जानकारहरु बताउँछन् ।