यसरी घर फर्किए प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

यसरी घर फर्किए प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओली शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालमा डिस्चार्ज भएका हुन् । उनको स्वास्थ्य अवस्था राम्रो रहेको चिकित्सकहरुले बताएका छन् ।

१९ फागुनमा अस्पताल भर्ना भएका उनको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै बसेर स्वास्थ्य लाभ गरिरहेका उनी शुक्रबार बालुवाटारस्थित निवासमा फर्किएका हुन् ।

घर फर्किने क्रममा उनले शुभेच्छुकलाई हात हल्लाउँदै गाडीमा चढेका थिए ।

प्रधानमन्त्री डिस्चार्ज हुनुअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भाञ्जी समीक्षा संग्रौला भने बुधबार डिस्चार्ज भएकी थिइन् ।

शुक्रबार नियमित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको बताएका थिए ।

यद्यपि चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिबाट टाढा रहन सल्लाह दिएका छन् ।

अस्पतालमा रहँदा पनि उपचारमा संलग्न चिकित्सकबाहेक मिर्गौला दाता समीक्षा र प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई मात्र प्रधानमन्त्रीलाई भेट्न दिइएको थियो ।