ओली-दाहाल वार्ता सम्पन्न: उपलब्धि जिरो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ओली-दाहाल वार्ता सम्पन्न: उपलब्धि जिरो



काठमाडौं ।

बिहानदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच चलेको ‘वान टु वान’ वार्ता सकिएको छ । वार्तामा के भएको थियो भन्ने बारे खुलेर नभनेपनि वार्ताको कुनै ठुलो उपलब्धि नभएको बुझिएको छ ।

लतितपुरको मानभवनमा ३ घण्टा भएको वार्ता सकारात्मक भएको माओवादी केन्द्रद्वारा जानकारी गराईएको छ ।

“पार्टी एकता र सरकार गठनका लागि चलेको यो निरन्तर वार्ता हो । वार्ता एकदमै सकारात्मक रुपमा सम्पन्न भएको छ । पछिल्लो समय बाहिर आएका विभिन्न भ्रमहरुलाई आज बसेको बैठकले चिरेको छ,” एक सुत्रले जनाएको छ ।

वार्तामा दुई पार्टीका अध्यक्षबीच पार्टी एकतालाई टुङ्गोमा पुर्‍याएर सरकार गठनमा लाग्नेबारेमा छलफल भएको थियो ।

फाइल तस्बिर