ओलीका दुई विकल्प: पार्टी विभाजन वा सरकार परिवर्तन
काठमाडौं- अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको निकै बिबाद र आलोचनाबाट गुज्रिगरेका छन् । यतिसम्म कि पार्टीमा उनको विकल्प खोज्नेको बहुमत जुटेको छ ।
प्रधानमन्त्री समेत रहेका ओलीले अध्यादेशको फायर अन्य पार्टी विभाजन गर्न खोले पनि त्यसको ब्याक फायरमा स्वयम नेकपामा नै परेको छ । नेकपाभित्रको विवाद विभाजनको स्तरमा पुग्ने आंकलन गर्न थालिएको छ ।
पूर्वमन्त्री गोकुल वास्कोटाले ट्वीटरमा ओली विनाको नेकपाको अस्तित्वमा प्रश्न उठाउँदै सोध्नु भएको छ– ओली विनाको सवल नेकपाको चरित्र कस्तो हुन्छ ? यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहाकार एवं केन्द्रीय सदस्य सूर्य थापा पनि जनमतको अपमान गर्दै नेकपा हङ्ग पार्टी भएको र निरन्तर सरकारमाथी घेरावन्दी भएको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।
बास्कोटा र थापा ओलीको विश्वास पात्र भएकाले पनि उक्त बोली प्रधानमन्त्री ओलीको हो भन्दा फरक पर्दैन । अध्यादेशले अध्यक्षद्वय ओली प्रचण्डलाई पटक पटक छलफलमा बसाइएपनि उनीहरु बिच दुरी बढेको छ ।
पार्टीसँग छलफल नगरि अध्यादेश ल्याएपश्चात् ओलीले अर्का प्रभावशाली नेता माधव कुमार नेपाल र वामदेव गौतमलाई विश्वासमा लिने प्रत्यन गरिरहनु भएको छ । हतारमा ल्याइएको अध्यादेश फिर्ता लिएपश्चात् यसलाई प्रचण्डको जितको रुपमा व्याख्या भइरहेको छ ।
यसले ओलीको इगो बढाएको छ भने कुर्सी बचाउन उहाँले विपक्षी दलहरुसँग पनि छलफल थालेका छन् । लेखक तथा विश्लेषक किशोर नेपाल अहिलेको शक्ति संघर्षमा अध्यक्ष प्रचण्डको पल्लाभारी हुने देख्छन् ।
अध्यादेशले प्रचण्ड लगायतका ६ जना सचिवालयका सदस्यहरु वामदेव निवास भैंसे पार्टीमा एकजुट भए । छलफलले उस्तै परे प्रधानमन्त्री ओलीको विकल्प खोज्ने निष्कर्षसमेत निकालेको छ । यता, बालुबाटारमा भएको भेटमा उपाध्यक्ष समेत रहनुभएका वामदेवले गौतमले प्रधानमन्त्री ओलीलाई मार्गप्रसस्त गर्न आग्रह गर्नुले विवादको पराकाष्ठालाई संकेत गरेको छ ।
भलै, गौतमले विज्ञप्ती निकालेर त्यसको खण्डन गर्नुभएको छ । यता, प्रचण्डले माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाएर आफू शक्तिशाली अध्यक्ष बन्ने प्रयास थालेको बताइन्छ ।
वरिष्ठ नेता झलनाथ खनाल पनि निरन्तर ओलीको विरोधमा लागेका छन् । यो परिस्थितीमा प्रधानमन्त्री ओलीको आगामी कदम के हुन्छ त ? राजनीति शास्त्रका प्राध्यापक तथा विश्लेषक डा. लोकराज बराल बताउछन् ।
प्रधानमन्त्री ओलीले मधेशवादी दलतर्फ सोझ्याइएको निशाना आँफैतर्फ सोझिएको छ । यो विवाद बढेर पार्टी विभाजनको तहसम्म नपुग्ला भन्न सकिन्न ।