गोकुल बाँस्कोटालाई नै मन्त्रीमा फर्काउने ओलीको चाहना - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

गोकुल बाँस्कोटालाई नै मन्त्रीमा फर्काउने ओलीको चाहना



काठमाडौं- प्रधानमन्त्री केपी ओलीको बानी कस्तो छ भने जब जब स्वास्थ्यमा प्रतिकूलता उत्पन्न हुन्छ, तब तब सबैलाई हेरेको हेर्‍यै पारेर बोल्ड निर्णय गरिदिन्छन्।

विगतका यी र यस्तै अनुभवका आधारमा अनुमान लगाइँदै छ, अस्पतालबाट पूर्ण स्वास्थ्य लाभ गरेर बालुवाटार फर्केलगत्तै केही नयाँ नियुक्ति, निर्णय र हेरफेर हुँदै छन्?

यसअघि एपेन्डिसाइटिस अपरेसनका निम्ति शिक्षण अस्पतालमा भर्ना हुनुअघि सातै प्रदेशका प्रमुखलाई बर्खास्त गरे र लगत्तै नयाँ प्रदेश प्रमुख पनि तोकिदिए।

यसचोटि अस्पताल जाने क्रममा फेरि चीनस्थित लीलामणि पौडेललाई फिर्ता बोलाएर अघिल्लो कार्यकालको निर्णयअनुसार महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गर्ने काम भयो।

अबको मन्त्रिपरिषद्मा माधव नेपाल निकट कसैलाई भित्र्याएर सहरी विकास मन्त्रालय दिने या केही समयपछि गोकुल बाँस्कोटालाई नै फर्काउने सम्भावना पनि छ भनेर आज फागुन २८ बुधबारको जनआस्था साप्ताहिकले दाबी गरेको छ।

त्यसलगत्तै विभिन्न विश्वविद्यालयका रिक्त पदहरूको टुंगो लगाइने बुझिएको छ।

अनि संवैधानिक परिषद्को बैठक बोलाएर संवैधानिक पदको रिक्तता पूर्ति र साना दलबाट उपसभामुख छान्ने तयारी छ।