न्यायाधीशलाई नै कोरोना संक्रमण पुष्टि - Himal Post Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

न्यायाधीशलाई नै कोरोना संक्रमण पुष्टि



काठमाडौं– उच्च अदालत जनकपुरधामको राजविराज इजलासका एक न्यायाधीशलाई कोरोना भाइरस संक्रमण भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले न्यायाधीशलाई कोरोना संक्रमण भएको पुष्टि गरे।

तीन दिनअघि उच्च सरकारी वकिल कार्यालयका प्रमुखमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो। उनी संक्रमित देखिएपछि सरकारी वकिल कार्यालयका साथै अदालतका न्यायाधीश र कर्मचारीको पनि स्वाब संकलन गरिएको थियो।

ती न्यायाधीश होम आइसोलेसनमा बसेका छन्। ५८ वर्षीय न्यायाधीशमा कसरी संक्रमण भयो भन्ने खुलिसकेको छैन।