निषेधाज्ञापछि काठमाडौँमा के गर्न पाइने, के नपाइने ? हेर्नुहोस्
काठमाडौं- काठमाडौं उपत्यकामा कडा निषेधाज्ञा जारी गरिएको छ । उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
उपत्यकाका तिनै जिल्ल तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरि यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन् । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रजिअहरुको बैठकले यो निर्णय गरेको हो।
के गर्न पाइन्छ के पाइंदैन हेर्नुहोस
उल्लेखित बाहेक अन्य अत्यावश्यक काम (अस्पताल आउने जाने बिरामी र कुरुवा मृत्यु संस्कारमा अनिवार्य रुपमा सहभागी हुनु पर्ने अवस्था) का लागि सवारी साधन प्रयोग गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीबाट जारी हुने अनुमति पास लिनु पर्नेछ।
३. अत्यावश्यक खाद्य सामग्रीको हकमा खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धि पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय हाललाई बन्द गर्ने र खाद्य सामग्रीहरुका पसल व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म खुल्ला गर्न पाइने।
डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजे देखि बेलुका ५ बजे सम्म सञ्चालन हुने। खाद्य सामग्री, ग्रोसरी पसल, औषधि पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्नुपर्ने।
४. नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवत जावत गर्न पाइने।
५. संचारकर्मीरपत्रकारको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न दिइने।
६. काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेसन मा वस्नु पर्नेछ।
७. अत्यावश्यक वाहेकका अन्य सार्वजनिक सेवा हाललाई स्थगित गर्ने।