नेपाल फर्केर उद्यम गर्नेलाई सरकारको पुरस्कार
काठमाडौं- सरकारले वैदेशिक रोजगारीमा गइ फर्किएर स्वदेशमा नै उद्यम गर्नेलाई पुरस्कार दिने भएको छ ।
फर्किएर स्वदेशमा नै उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरुलाई राष्ट्रिय स्तरको पुरस्कार दिइने भएको हो ।
वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेका उद्यमीहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनीहरुको कामको सम्मानस्वरुप पुरस्कृत गर्न लागेको हो ।
‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६’ को अनुसूची २ अनुसार ढाँचामा आवेदन भरी खामवन्दी गरी कार्यालय समयभित्र मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन सकिने छ ।
श्रमिक भिसामा विदेश गइ कम्तिमा एक वर्ष काम गरी फर्किएर व्यवसाय गरेकाहरुले आवेदन दिन सक्छन् ।
आवेदन चैत २३ गतेभित्र भरेर पठाइसक्नुपर्ने मन्त्रालयले जनाएको छ ।