हामी सँधै सुख र दुःखमा नेपाललाई साथ दिनेछौँ: यान्छी
काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल–चीन सम्बन्ध कसैले हल्लाउन नसक्ने बताएकी छन् ।
बिहीबार साँझ ट्वीटरमार्फत चीनले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै राजदूत यान्छीले नेपाल–चीन मित्र र छिमेकी मात्र नभई भाई र बहिनीको जस्तो भएको बताएकी छन् ।
‘नेपाल–चीनबीचको सम्बन्ध कसैले हल्लाउन सक्दैन । चीन र नेपाल मित्र र छिमेकी मात्र होइन, भाई र बहिनीहरू जस्तै हुन् । यो मित्रता अप्रिय छ’, राजदूत यान्छीले भनेकी छन् ।
नेपालको विपत्तिमा चीनले निरन्तर सहयाग गर्दै आइरहेको छ । राजदूत यान्छीले चीनले नेपाललाई भूकम्प, बाढी, ईन्धनको संकट, कोरोना भाइरसलगायतको संकटमा सहयोग गर्दै आइरहेको स्मरण गरेकी हुन् ।
‘जे भए पनि, हामी सँधै दुःख र सुखमा नेपाललाई साथ दिनेछौं’, राजदूत यान्छीले भनिन् ।