नेपाली भुमिले संघियता थाम्दैन : केसी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेपाली भुमिले संघियता थाम्दैन : केसी



बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघियतालाई जति सक्दो छिटो खारेज गर्नुपर्ने बताएका छन् । नेपाली भुमिले संघियता धान्नै नसक्ने भएकाले खारेज गर्नुपर्ने केसीको तर्क छ ।प्रगतिशिल पत्रकार संघले आज बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै केसीले संघियता खारेजीको बिकल्प नै नरहेको प्रष्ट पारे ।

एमालेमाओबादी गठबन्धनको सरकारलाई जनमोर्चाको समर्थन रहेपनि एमाले माओबादीसंग जनमोर्चाको एकताको कुनै संभावना नरहेको दाबि गरे ।राष्ट्रियताका सवालमा बाम गठबन्धनले लिएको अडान प्रशंसायोग्य रहेको उनको भनाइ छ ।

केसीले माओबादीको २१ औ शताब्दीको जनबाद र एमालेको बहुदलिय जनबाद सारमा एउटै भएको समेत टिप्पणी गरे ।भारतीय रबैया नेपालमा अहिले पनि कायम रहेको टिप्पणी गदै उनले ओली र प्रचण्डको छातीको धड्कन छाम्न बिना निम्तो भारतीय बिदेशमन्त्री नेपाल आएको बताए ।

उनले नेपालमा भारतीय हस्तक्षेप सधै कायम रहिरहने बताए । अब पुन संसदमा दलहरुबिच संबिधान संसोधनको सन्दर्भमा फरक फरक मत रहेकाले दोश्रो बैठकबाट रडाको मच्चिने भबिश्यबाणी गरे ।