हामी बालुवाटार छिट्टै पुग्छौँ: माधव नेपाल - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

हामी बालुवाटार छिट्टै पुग्छौँ: माधव नेपाल



काठमाडौं- नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु बालुवाटारमा छिट्टै पुग्ने बताएका छन्।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पक्षलाई ‘खै कहाँ छन्’ भनेर ब्य‌ंग्य गरेका थिए। त्यसको जबाफ दिँदै नेपालले सहि ठाउँमा भएको र भोलि बालुवाटारमा पनि आफूहरु नै हुने बताएका हुन्।

वरिष्ठ नेता नेपालले भने, ‘अरु कुराको धाक नलगाए हुन्छ। हामी यहीँ छौँ। कालीमाटी भन्यो कालीमाटी छौं, सानेपा भन्यो सानेपा छौं, माइतीघर भन्यो माइतीघरमा छौं। भोलि हेर्नुहोला बालुवाटारमा हामी नै हुन्छौँ।’

शुक्रबार अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री ओलीका कारण एमाले र देशले दुःख पाएको बताए। ओली सिद्धान्तनिष्ठ र आदर्शप्रति समर्पित हुन नसकेको नेपालको आरोप थियो।

अहिले क्रान्तिकारी पार्टी वा व्यक्तिवादी पार्टी बनाउने लडाईं भइरहेको बताए। अध्यक्ष ओलीले एमालेलाई व्यक्तिवादी पार्टी बनाउन खोजेको उनको भनाइ थियो।

यसअघि नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो। आज राष्ट्रिय महिला कार्यकर्ता भेला गरेको हो। देशभर समानान्तर कमिटी बनाउने नेपाल पक्षले जनाएको छ।