नेपालमा गिरिजाप्रसाद कोइराला, माधव नेपाल, बाबुराम भट्टराई जस्ता कुपुतको जन्म हुनु नैं हाम्रो दुर्भाग्य ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेपालमा गिरिजाप्रसाद कोइराला, माधव नेपाल, बाबुराम भट्टराई जस्ता कुपुतको जन्म हुनु नैं हाम्रो दुर्भाग्य !



–दीर्घराज प्रसाई

यो देशमा गिरिजाप्रसाद कोइराला जस्ता कुपुतको जन्म हुनु नैं हाम्रो दुर्भाग्य हो । राजा ज्ञानेन्द्रसँग संझौता भएर जनआन्दोलन बिसर्जन भएपछि २०६३ बैशाख ११ को राजासँग भएको सहमति अनुसार राजदरबारमैं २०४७ सालको संविधान बमोजिम प्रधानमंत्रीको सपथग्रहण गरेका गिरिजाले संझौतालाई तोडेर देश, प्रजातन्त्र र नेपाली कांग्रेसलाई नैं धोका थिए । नेपाली का्रग्रेसको प्रजातान्त्रिक छवि ध्वस्त बनाउँदै नेपाललाई अधोगतिको पराकाष्ठामा पु¥याउने गिरिजाले गरे ।

त्यस्तै एमालेमा माधव नेपाल घोर निन्दनीय चुथ्था व्यक्ति हुन् जस्ले पदको लागि देशलाई नैं बन्गकीमा राखन खोजे । नेपाललाई यो संकटमा फसाउन २०६२ सालमा भारतको दिल्लीमा १२ बुँदे सहमति गराउन सम्पूर्ण चाँजो मिलाउने बाबुराम भट्टराई हुन् ।

गिरिजाप्रसाद नैं राष्ट्रघातका अनेकौं श्रृंखला प्रारम्भ गर्ने व्यक्ति हुन् । तिनै गिरिजा प्रधानमन्त्री भएकोबेला २०४९ साल पछिको स्थानीय चुनावमा कैयौं जिल्लाहरुमा मसालले पकड जमाएपछि प्रधानमन्त्री गिरिजाप्रसादको सत्तालाई असह्य भएकाले मसाललाई सखापपार्न बालुवाटारमा उच्चस्तरीय वैठक बस्यो । बैठकबाट– मसाललाई भोट हाल्ने, भोट जित्ने, भोट हारेका मसाललाई जहाँ भेटेपनि खत्तम पार्ने, कहीं कसैको उजुर नलिने त्यसको लागि प्रहरी, प्रशासन र आ–आफ्ना पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिने भन्ने निर्णय भयो ।

पहिलो काण्ड रुकुम जिल्लाबाट प्रारम्भ गरियो । रुकुम, रोल्पा, प्यूठान, रामेछाप र सिंधुली जिल्लामा केन्द्रीत गरेर छानीछानी त्यस्तै खतरनाक सीडिओ, प्रहरीहरु जनता दमनको लागि पठाइयो । उक्त जिल्लाहरुमा हत्या, दमन, बलात्कार यति बढ्यो कि त्यसको समिा नैं रहेन । मसाल समाप्त गर्ने नाममा कैयौ सोजासाझा, निमुखा जनता पनि मारिए ।

प्रधानमंत्री गिरिजा र गृहमन्त्री शेरबहादुरको निर्देशनमा हत्याकाण्डहरु बढ्दै गएपछि त्यसको विरुद्ध २०५४ बैशाख १२ गतेको लोकपत्र दैनिकमा बाबुराम भट्टराईले लेखे– ‘जब प्रतिक्रियावादीहरुले मुक्तिकामी जनतालाई नक्कली मुठभेडको नाउँमा मनपरी ढंगले मार्न सुरु गरे अनि पार्टीले वाध्य भएर छानिएका जनहत्यारा र जासुस्को काम गर्नेहरुलाई भौतिकरुपमा सखाप पार्ने नीति लियो ।’ त्यसपछि प्रहरी, सेना लगायत हजारौं नेपाली जनताको प्रयोजनहीन हत्या गर्न थालियो, बैंकहरु लुटिए, अबौं विकासका पूर्वाधार जलाईए, नष्ट गरिए ।

पछि तिनै बाबुराम भट्टराई गिरिजालाई नेता मान्न पुगे भने यस्ता खुनीहरुबाट देशले निकास पाउँछ भनेर सोच्नु अर्को धोका हो । राष्ट्रका मूल्य र मान्यता समाप्त पार्न गणतन्त्र, धर्मनिरपेक्षता र जातीय राज्यहरुको व्याख्या गरेर देश टुक्रयाउन खोज्नेहरु नाङ्गिइसकेका छन् ।

दरबार हत्याकाण्ड भएको सातदिन नबित्तै २०५८ जेष्ठ २४ गतेको कान्तिपुरमा बाबुराम भट्टराईले हत्याकाण्ड राजा ज्ञानेन्द्रले गराएको हो भन्दै कान्तिपुरमा लेख लेखे । त्यसबेलामा उनले कांग्रेसका गिरिाजाहरुको खुलेर बिरोध गर्ने गर्थे । कांग्रेस र एमालेको कुशासन बढ्दै गएपछि त्यसबाट देश र जनतालाई मुक्त गराउन उनै माओवादी बिद्रोहका अगुवा भए । तर २०६२ साल मंसिरमा १२ बुँदे सहमति मार्फत नेपालको अस्तित्व नैं समाप्त पार्न खोजेपछि थाहा भयो– यी सब बाबुरामका देखाउने दाँत मात्र रहेछन् ।

१२ बुँदे सहमतिमा फसेका नेपालका सिद्धान्तच्यूत नेताहरुको पारामा लागेर टुलुटुलु हेरेर नेपाल डुबेको टुलुटुलु हेरेर बसिरहने हो भने हामी नेपालीहरु ज्यूँदै मरे सरह हुनेछ । देश डुब्ने स्थिति आउन लागेको हुनाले देशलाई वैधानिकता दिएर राजाको उपस्थितिमा नयाँ ढाचा र सहमतिबाट देशलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा हामी सबै जुट्नु पर्दछ । यही नैं अहिलेको सबैभन्दा राम्रो विकल्प हो ।