सय संक्रमित पुग्न सय दिन, ५ दिनमै डबल, भयावह बन्ने सङ्केत
काठमाडौं- पछिल्ला केहि दिन लकडाउन खुकोलो पारिएको केहि दिनमै नेपालमा कोरोना संक्रमित ह्वात्तै बढेका छन् । नेपालमा कोरोना भाइरस फैलिने दर बढेसंगै जनसमुदायमा त्रासको मात्रा पनि बढेको छ ।
माघको ९ गते चीनबाट आएका एक पुरुषमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको दुई महिना २ दिनपछि चैत १० गते फ्रान्सबाट आएकी महिलामा कोरोना पुष्टि भएको थियो।
त्यसयता १ सय ६ दिनपछि वैशाख २५ गते नेपालमा संक्रमितको संख्या १०१ पुगेको थियो। पहिलो सय जना संक्रमित भेटिन १ सय ६ दिन लागेको नेपालमा दोस्रो सय जना भेटिन ५ दिनमात्रै लागेको छ।
सय संक्रमित पुगेको ५ दिनपछि मंगलबार नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ। मंगलबार (आज) मात्रै नेपालमा थप ८३ जनामा कोरोना पुष्टि भएको छ। यसअघि सोमबार थप २४ मा कोरोना संक्रमण देखिएको थियो।
जनस्वास्थ्य विज्ञहरूले संक्रमितको संख्या सय बाट हजार पुग्न समय नलाग्ने बताइरहेका बेला एकाएक संक्रमित बढ्न थालेपछि सर्वसाधारणले त्रास महसुस गरिरहेका छन्। पछिल्लो समय देशभर परीक्षण दायरा बढाएसँगै नेपालमा संक्रमितको संख्या पनि थपिएको हो।
विज्ञहरूले अझै साबधानी अपनाउन नसकेको खण्डमा संख्या हजार मात्र होइन लाखमा गम्मुपरने दिन छिट्टै आउन सक्ने बताएका छन् ।