ओलिको मात्र होइन, मलाई प्रचण्डको पनि साथ् छ
काठमाडौं- अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड ले छलफल अगाडि बढाएसँगै नेकपामा प्रतिनिधिसभाको सभामुख उम्मेदवार चयन प्रक्रिया निष्कर्षनजिक पुगेको छ।
नयाँ सभामुखका लागि निर्वाचिन प्रक्रिया शुक्रबार प्रतिनिधिसभाको बैठक बोलाएकाले ओली र प्रचण्डले पनि सभामुखको उपयुक्त उम्मेदवारका लागि छलफललार्य निष्कर्षउन्मुख बनाएका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको छलफलमा ओली र प्रचण्डले पूर्वसभामुख सुवास नेम्वाङ वा स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने तय गरेका छन्।
यसै सन्दर्भमा आजको नयाँ पत्रिकाले सुवास नेम्वाङसँगको कुराकानी छापेको छ :
तपाईं सभामुखको दाबेदार हो कि होइन?
मैले त्यसलाई व्यक्तिगत दाबी वा टिप्पणी गर्ने विषय होइन। त्यो सम्बन्धित दलको संसद्को विषय हो । सम्बन्धित दलले नै यसलाई छिटो टुंगोमा पुर्याउँदा उपयुक्त हुन्छ।
यसको मतलब दलले टुंगो नलगाएसम्म तपाईं सभामुखको दाबेदार होइन?
मैले अघिल्लो प्रश्नमै भनिसकेँ । यो मेरो व्यक्तिगत दाबीको प्रश्नै होइन, संसद्ले नै टुंगो लगाउने गम्भीर विषय हो । अब बन्ने सभामुखले राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेता, संसद्मा रहेका सबै राजनीतिक दललाई एक ठाउँमा उभ्याउने काम गर्नुपर्छ । त्यस्तो गर्न सक्ने कुनै पनि साथीलाई संसद्ले सभामुख चयन गरोस् भन्ने मेरो धारणा हो ।
यसको अर्थ जो सभामुख हुँदा पनि तपाईंलाई स्वीकार्य छ?
त्यसमा त कुनै विवाद छैन नि। यो वा त्योभन्दा पनि उपयुक्त व्यक्ति जो बन्दा पनि हुन्छ भन्ने मेरो धारणा हो ।
तर, बाहिर त तपाईं नै प्रधानमन्त्रीको रोजाइमा परेको चर्चा छ नि?
मलाई प्रधानमन्त्रीले मात्र होइन, कमरेड प्रचण्डले पनि तपाईं नै सभामुख हुनुपर्छ भनिसक्नुभएको छ। त्यस्तै, संसद्मा रहेका सम्पूर्ण दलका नेताले पनि तपाईं नै हुनुपर्छ भनिरहनुभएको छ। त्यसकारण प्रधानमन्त्रीले मात्र भन्नुभयो भन्ने त प्रश्नै रहेन नि।