नेकपा संस्थापक नेता स्वर्गीय पुष्पलाल श्रेष्ठप्रति दिल्लीमा श्रद्धाञ्जली - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेकपा संस्थापक नेता स्वर्गीय पुष्पलाल श्रेष्ठप्रति दिल्लीमा श्रद्धाञ्जली



नयाँ दिल्ली 

भारतको राजधानी नयाँ दिल्लीमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता स्वर्गीय पुष्पलाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

पुष्पलाल श्रेष्ठको अन्तिम संस्कार गरिएकै दिल्लीको निगम बोध घाटमा एक कार्यक्रमको आयोजना गरी आइतबार श्रेष्ठको प्रतिमामा माल्यार्पण गरी श्रद्धा सुमन अर्पण गरिएको हो ।

गणतान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय पुष्पलाल श्रेष्ठको जीवनीमा वृतचित्र निर्माणका लागि दिल्ली आइपुगेको पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापको प्रतिनिधिमण्डलको पहल र प्रवासी नेपाली सङ्घ भारतको संयोजनमा गरिएको श्रद्धाञ्जली सभामा वाम पार्टी निकट भातृ सङ्गठन र अन्य लोकतान्त्रिक पार्टीका भातृ सङ्गठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

नेपालको गणतान्त्रिक आन्दोलनमा पुष्पलाल श्रेष्ठको योगदान आम नेपालीसम्म पुर्‍याउनका लागि रामेछापका युवाहरूको सक्रियतामा पुष्पलाल स्मृति प्रतिष्ठानले वृतचित्र निर्माण सुरु गरेको हो । १९८१  अषाढ २१  गते रामेछापको भंगेरीमा जन्मनु भएका पुष्पलाल श्रेष्ठ लामो समय भारतमा रही नेपालको राणा शासनविरुद्ध आन्दोलनमा सरिक भएका थिए ।

दिल्लीको गोविन्द बल्लभ मेडिकल कलेजमा २०३५  श्रावण ७  गते अन्तिम सास लिएका थिए  । वृतचित्रमा उनले  प्रवासमा गरेका गतिविधि र कामलाई दर्साउन टोली दिल्लीमा छ । दिल्लीपछि टोलीको बनारस, कलकत्ता लगायतका स्थानमा जाने कार्यक्रम रहेको छ ।