के होला माधव नेपालको नयाँ पार्टीको नाम ? - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

के होला माधव नेपालको नयाँ पार्टीको नाम ?



काठमाडौं- पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेभित्र विद्रोह गरिसकेका छन् । समानान्तर कमिटि मात्र होइन पार्टीकै समानान्तर अभ्यास गरेपछि नेकपा एमाले विभाजित भैसकेको छ ।

एमालेका नेताहरू पार्टी अध्यक्ष ओलीले गरेको कारबाही सहितका निर्णय फिर्ता गराउन लागिपरेका छन् तर ओलीले भने यस्ता गतिबिधि नरोके झनै कडा कारबाही गर्ने बताएका छन् ।

माधव नेपालले भने कठोर कदम चाल्ने तयारी समेत गरेका छन् । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बनको निर्णय गरेपछि नेपाल आक्रामक रणनीति साथ प्रस्तुत हुन लागेका हुन् ।

माधब नेपाल समुहकै नेताहरूले पार्टी विभाजित भैसकेको र नाम मात्र राख्न बाँकी भएको बताउने गरेका छन् । ‘केपी ओली रहुन्जेल हामीलाई पार्टीमा बस्न नदिन भए, अब सांसद पद ठुलो भएन ओलीलाई परास्त गर्ने अभियान चलाउन जरुरी भयो’ नेपाल समुहका एक संसदले भने ।

नेपालले समानान्तर कमिटी गठन गरिसकेका छन् । उनले छुट्टै घर भाडामा लिएर नयाँ कार्यालय समेत खोल्न लागेका छन् । त्यही घरबाट समानान्तर कमिटी चलाइने तयारी भएको छ । योसँगै एमाले विभाजित भैसकेको छ । मात्र पार्टीको नाम राख्न मात्र बाँकि छ ।

यसअघि माधव नेपाल र भीम रावलमाथि १६ चैत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कारबाहीको निर्णय गराएका थिए । त्यसलाई नेपाल समूहले अमान्य घोषणा गरेको थियो । योसँगै एमालेभित्र टकराव बढेको थियो । अहिले भने दुई समूह वार कि पाराको लडाईमा छन् ।

यसैगरी, २८ फागुनमा प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटी बैठक डाकेर अध्यक्ष र महासचिवबाहेकका निर्वाचित पदाधिकारी नै खारेज गर्ने कदम चालेका थिए ।

नेपाल र खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला डाकेर सानेपास्थित पार्टी प्यालेसमा भेला गरेका थिए । भेलाले ओलीको राजीनामा माग्नेसम्मको प्रस्तावबारे छलफल गरेको थियो ।

अहिले एमालेभित्र संसदीय दलमा ओली समूहमा ८० जना रहेका छन् । नेपाल खनाल समूहमा ३५ को हाराहारीमा छन् । बाँकी सांसद तटस्थ भूमिकामा छन् ।