नारीमा अन्याय सहने शक्ति भन्दा अन्याय प्रतिकार गर्ने शक्ति हुनु पर्छ । - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नारीमा अन्याय सहने शक्ति भन्दा अन्याय प्रतिकार गर्ने शक्ति हुनु पर्छ ।



नारी दिवस आज भन्दा १०७ वर्ष अगाडी आजकै दिन सन्सार भरी नारीहरूले नारी समानता र नारी जागरुकता लागि आफ्नो अधिकारको लागि लडेको दिन हो । आजको दिन अर्थात् मार्च ८ तारिख संसार  भरी आ-आफ्नो तरिकाले नारी दिवस मनाउँदै आएका छन् र नेपालमा पनि ।

वास्तवमा नारी केहो ?

हाम्रो समाजले नारीलाई हेर्ने दृष्टिकोण कस्तो छ? कहिले हुन्छ हाम्रो समाजमा नारी समानता ?, के हाम्रो समाजमा नारी समानता हुनु आवश्यक छ !

नारी केहो त साच्चिकै भन्ने हो भने नारी सृष्टि हो नारी शक्ति हो तर अपसोच , भनाइ र गराइ मा कति फरक छ । नारीलाई सृष्टिर्ता भगवानको रूप भनेर खाली भनिन्छ । तर हेरिन्छ फरक तरिकाले आजको २१ औ शताब्दी सम्म आइ पुग्दा पनि नारी लाई बोक्सी को आरोप जस्ता कुसंस्कारिक शब्द हरू ले नारी लाई सम्बोधन गरिन्छ । नत नारी ले आफ्नो परिचय नै पाउछिन यो समाज पुरुषहरूको नाम ले नारी परिचय दिइन्छ हाम्रो समाजमा नारीको कुनै परिचय छैन यो समाजमा यही हो नारी परिचय हाम्रो समाजमा अन्याय सहने शक्ति भयकी धर्ती नै नारी हुन ।

हाम्रो समाजले विभिन्न दृष्टिले नारीलाई हेरेको हुन्छ । नारीलाई हेर्ने दृष्टि र पुरुषलाई हेर्ने दृष्टि हाम्रो समाजमा आकस धर्तीको फरक छ।  प्राय हाम्रो समाजमा नारीलाई पुतली बनाएर पुरुषको इसारामा नचाइन्छ। त्यस्तै पुतली बनेर नाच्नको लागि पनि बाध्य बनाइएको हुन्छ । नारी समानता लागि कति आवाज उठ्छन कति नियम कानुन बन्छन तर त्यो सबै कागजमा मात्र सीमित हुन्छन् । आखिरमा हाम्रो समाजले नारीलाई बोक्सी अलछिनाइ जस्ता नाम दिन्छ गल्ती चाहे पुरुषले किन नगरोस बदनामि नारी बन्छिन हाम्रो समाजमा ।

कहिले हुन्छ हाम्रो देशमा नारी समानता इतिहासमा विश्वमै पहिलो नारी राष्ट्रपतिको रूपमा हाम्रो देशमा हुनुहुन्छ के यसैलाई भन्नू नारी समानता होइन?  आधा भन्दा बढी महिला भयको देशमा कुनै दुई चार  महिला सम्मान पाउँदैमा महिला समानता भन्नू ! कहाँ छ नारीको मूल्य र मान्यता महिलाले गएको कामको उचित मूल्य कहाँ छ महिलाको कुनै पनि कामको परिश्रमको समान मूल्य छैन ।साथै घर देखि लिएर गाउँ समाज र सिङ्गो राष्ट्र सम्म महिलाहरू अझै पनि स्वतन्त्र छैनन् । बाधेको  छ यिनीहरूको स्वतन्त्रतालाई खुलेर बोल्न पाउदैनन यिनीहरू आफ्नो इच्छा अनुसारको काम गर्न नारीलाई बन्देज छ । इच्छा अनुसारको शिक्षा लिनु नारीको लागि सपनामा मात्र सीमित हुन्छ । जब सम्म हामी नारीहरू बिच एक हुँदैन तबसम्म नारी स्वतन्त्रता सोच्नु मात्र हो नारी सधैँ अन्याय सहने शक्ति मात्र नभई  नारी अन्याय प्रतिकार गर्ने शक्ति पनि हो ।  जब हामी नारीले सोच्छौ तब नारी स्वतन्त्रता यानेकी समानता हुन्छ हामीले जति अन्याय सहँदै जान्छौ त्यति नै पछाडि पर्छौ । हामी नारीहरू अब अन्याय सहेर हैन अन्याय प्रतिकार गरेर अघाडी बढ्नु पर्छ ।

के हाम्रो समाजमा महिला सामानता हुनु जरुरी छ अवश्य छ । यदि महिला समानता भएन भने विकास पनि असम्भव छ महिला ले पाउने हक अधिकार शिक्षादेखि आधारभूत आबस्यता मा समानता हुन जरुरी छ । किनकि महिला एक आमा हुन महिला एक दिदी बैनी हुन महिला एक श्रीमती पनि हुन महिला एक छोरी हुन कुनै पनि राष्ट्र उन्नति को लागि सामाजिक विकास हुन आवश्यक छ। समाज परिवर्तन गर्न पुरुष एक्लै ले पनि असम्भव छ भनिन्छ नारी पुरुष एक रथका दुई पाङ्ग्रा हुन त्यसैले एउटा पाङ्र्गा चलेन भने वा ढिलो चल्यो भने त्यो रथ पनि गन्तव्य स्थान सम्म पुग्न सक्दैन। त्यसले महिला पुरुष बराबर हुनु हाम्रो जस्तो बिकास्नोमुख राष्ट्रमा अनिवार्य  छ ।

यस्तै महिला हरुका  धेरै समस्याहरू पनि छन् जस्तै आन्तरिक बार्हय समस्याहरू छन् यदि चाहे त्यो छोरी हो चाहे बुहरी चाहे त्यो सृष्टि कर्ता आमा नै किन नहोस् । सबैमा आफ्ना आफ्ना समस्याहरू भोगी रहेका छन् । कुनै घर या समाजमा अशुभ भयो भने सिधै त्यसको आरोप महिलालाई लगाइन्छ छोरा जन्मियो खुसीयाली मनाइन्छ भने त्यही घरमा छोरी जन्मियो भने । त्यो घर र समाज मा जन्म दिने आमालाई दोषी बनाइन्छ । महिलालाई आरोप प्रत्यारोप लगाउने पुरुष को भन्दा धेरै महिला को हात हुन्छ ।

नारीलाई यो समाजमा खुलेर बोल्न बन्देज छ यदि कसैले नारी हक हितको लागि आवाज उठाउँछ भने त्यसलाई गलत तरिकाले बुझ्छ र पोथी बासेको भनी गलत प्रचार गरी पोथीको प्वाँख नै काटिदिन्छ । यस्तै विभिन्न समस्या नारीले भोगी रहनु पर्छ ।

अन्त्यमा हामी नारी हरूमा यो सन्देश पनि म दिन्छु हाम्रो देशमा नारी दिवस मनाउन सुरु गरेको एक शताब्दी बिती सक्दा पनि हामी नारीमा केही परिवर्तन हुन सकेको छैन परिवर्तन आफै बात सुरुवात हुनु पर्छ । समाज अनि राष्ट्र बदल्ने हात हाम्रो पनि छ र हामी नारीले अब कसैको अन्याय सहने होइन बरु जसले अन्याय गर्छ ।त्यसको विरोध गर्नु पर्छ ।अन्याय गर्ने भन्दा अन्याय सहने को ठुलो गल्ती हुन्छ जसले गर्दा हामी नारी हरू अघि बढ्नुको सट्टा सधैँ पछाडि पर्छौ जसले गर्दा आउँदो पीडालाई ठुलो झट्का लाग्छ उठौँ आज देखि नै सिकौँ आज देखि नै आफ्नो हक र अधिकार खोज्न । हामी लाई कसैले दिने होइन हामी आफै लड्नु पर्छ ।आशा राखौँ एक दिन हाम्रो देश नेपाल महिला पुरुष बराबर समृद्ध राष्ट्रको रूपमा विश्वमा नै चिनिने छ ।

अन्त्यमा फेरि पनि आजको अन्तर्राष्ट्रिय नारी दिवस ले हामी नारीहरूलाई अघाडी बढ्ने शक्ति प्रदान गर्ने छ भन्दै नारी दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना ।

शान्ता बन्जाडे (खनाल ) भुमेकास्थान न पा अर्घाखाँची हाल गुरुग्राम हरियाणा, भारत