चुनौतीका कैयौँ पहाड उक्लिएका नैनसिंह - Himal Post Himal Post
  • २० पुष २०८१, शनिबार
  •      Sat Jan 4 2025
Logo

चुनौतीका कैयौँ पहाड उक्लिएका नैनसिंह



महाकाली किनारसँग जोडिएको एक बेफिक्री बालापन बस्तुभाउसँग लडिबुढी गर्दै हुर्कियो। डाँडाकाँडासँग पागुर काड्दै उड्यो।
कुनै लक्ष्य थिएन, भविश्यको। कुनै योजना थिएन, जीवनको। थियो त केवल बेप्रवाह बालापन।

त्यो उमेर नै त्यस्तै। स्कुल जाने। बचेको समय जंगलमा बस्तुभाउ चराउन जाने। बस १ यस्तै यस्तै…

माथिका हरफहरू नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरको जीवनसँग मेल खाने बाल अतितका हुन्।

वि. सं. २०३१ साउन १४ गते डडेलधुराको भागेश्वर– ३ लामिकाडेमा पिता तुला महर र माता ललीता महरको कान्छो पुत्रका रूपमा जन्मिएका हुन् महर। परिवारको कान्छो छोरो। सबैको आसाको केन्द्र। पहाडिया जीवन। मध्यमवर्गीय परिवारका समान्य सपना। महरको परिवार चाहन्थ्यो छोराले पढेर राम्रो सरकारी जागिर खाओस्। र, हामीहरूलाई सुखसँग पालोस्।

तर, सोचे जस्तो जीवन कहाँ हुँदोरहेछ ररु समयका ज्वार भाटाले महरलाई अर्कै बाटोमा डोर्‍याइदियो। अध्ययन गर्दै गर्दा महरको दिमागमा राजनीति चेत पस्यो। गाउँका जनताका दुःखहरूले पिरोल्नथाल्यो उनलाई।

आफ्नो र परिवारको लागि बाच्ने रहर मर्दै गयो महरको। उनी समाजका बारेमा सोच्न थाले। देशको अवस्थाले गिजोल्नथाल्यो। के त्यो समस्या समाधानका लागि कुनै सरकारी जागिरे वा औसत मान्छे भएर सम्भव छ तरु पक्कै छैन। त्यसो भए समस्या समाधानको बाटो केरु उनको मनमा यी यस्तै कुराहरू खेल्न थाले।

र, होमिए उनी राजनीतिमा। उनलाई थाहा थियो देशको नीति फेर्ने भनेको राजनीतिले हो। राष्ट्र सेवाको सर्वश्रेष्ठ बाटो पनि त्यही। भोली राज्यका निकायमा पुगियो भने जनताको पक्षमा काम गर्न सकिन्छ भनेर नै आफूले राजनीति रोजेको महर बताउँछन्।

उनी अभाव देखेर आएका नेता हुन्। महरलाई बिहान बेलुकी चुलो बाल्न नसक्ने अवस्थाका जनताहरूको पीडा थाहा छ। दिनभर भोकभोकै ज्यालामजदुरी गर्ने समाजका पीडा नजिकबाट महसुस गरेका छन् उनले। समाजमा जनताको सेवा गर्ने हुट्हुटीले उनी राजनीतिमा होमिए। जसले उनलाई छोटो समयमा नै राष्ट्रिय राजनीतिमा स्थापित गर्न सहयोग पुर्‍यायो।

राष्ट्रिय राजनीतिमा स्थापित हुन त्यति सजिलो छैन। नेपाल जस्तो अस्वस्थ राजनीतिक प्रतिस्पर्धा भएको मुलुकमा त झनै आफूलाई स्थापित गर्नू ठूलो चुनौतिको विषय हो।

‘म सामान्य परिवारको मान्छे हुँ। नेपालको राजनीति निकै महंगो छ। तर, पनि मलाई राष्ट्र सेवा गर्नु थियो। त्यसैले रोजे राजनीति’, उनले भने।
महर आठ कक्षा पढ्दै गर्दा नेपाल विद्यार्थी संघको राजनीतिमा आवद्ध भएका हुन्। उनी डडेलधुराको असीग्राम माध्यामिक विद्यालयमा पढ्थे। त्यहाँ पढाउने तीन जना शिक्षक त्रिभूवन विश्वविद्यालयमा पढेर गएका थिए। ‘गुरुहरूमा पनि राजनीतिक चेत थियो। उहाँहरू शेरबहादुर देउवासँग सामिप्यता भएका र जेल जीवन विताएका व्यक्ति हुनुहुन्थ्यो’, महर भन्छन्।

गाउँमा उत्पिडीत जनताका दुःख देखेर हल्लिरहेको बाल मथिङ्गल गुरुहरूको प्रजातान्तिक विचारधाराले तान्दै गयो। उहाँहरूले प्रजातन्त्रप्रति जगाउने आसाले महर नेविसंघको राजनीतिमा आकर्षित हुँदै गए।

२०४७ सालमा १६ वर्षकै उमेरमा महर असीग्राम माविको नेविसंघ इकाई अध्यक्ष भइसकेका थिए। २०४७ साल कार्तिक १६ गते विद्यालयमा पार्टीको कार्यक्रम थियो। कार्यक्रम सम्बोधनका लागि शेरबहादुर देउवा, तारणीदत्त चटौत र एनपी साउदलगायत कांग्रेस नेताहरू त्यहाँ पुगेका थिए। सो कार्यक्रममा त्यति ठूलो मासमा नेविसंघ इकाई अध्यक्षको रूपमा महरले भाषण गर्ने अवसर पाए। एउटा विद्यार्थीले दिल खोलेर भाषण गर्दा कार्यक्रममा आएका स्थानीयले तालिपिटे। शीर्ष नेताहरूले गुड भन्दै धाप मारे। र, महरको झनै आत्मबल बढ्यो। ‘त्यति ठूलो मासमा गरेको भाषण र मैले पाएको प्रतिक्रिया मेरो राजनीतिक जीवनको अर्को प्रेरणा बन्यो’, उनले भने।

पछि उनको गाउँकै रामचन्द्र चटौत डडेलधुरा कांग्रेसको जिल्ला सभापति बने। उनको सामिप्यताले महरलाई कांग्रेसको राजनीतिमा झनै रोष पस्यो। २०४८ सालको आम निर्वाचनपछि देउवा गृहमन्त्री बने। राष्ट्रिय राजनीतिमा देउवाको इमेजले पारेको प्रभावले महरलाई झनै तान्यो। उनलाई लाग्यो जीवनमा एक पटक अवश्य राष्ट्रिय राजनीति गर्ने छु।

नेपाल विद्यार्थी संघको बुटवल महाधिवेशनमा महर नेविसंघ महाधिवेशन प्रतिनिधि भएर आए। निर्वाचन भयो। एनपी साउदले चुनाव जिते। ‘त्यहाँको माहोलले मलाई झनै नेविसंघको केन्द्रीय राजनीति गर्ने महत्वकांक्षा पलायो। ‘मैले मनमा त्यही समयमा नेविसंघको केन्द्रीय अध्यक्ष हुन्छु भन्ने अठोट लिएको थिए। त्यो बेला म १९र२० वर्षको हुदो हुँ’, महर भन्छन्।

उनी सानैदेखि निकै सक्रिय व्यक्ति हुन्। महर सफलताको सबै भन्दा ठूलो कडि संघर्ष र इमान्दारितालाई ठान्छन्। उनको त्यही सक्रियताले महर २१ वर्षको उमेरमा २०५२ सालमा नेपाल विद्यार्थी संघ डडेलधुरको कार्यबहाक जिल्ला अध्यक्ष भए। र, २०५६ सालमा नेविसंघ डडेलधुरा अध्यक्ष निर्वाचित भए।

उनी नेविसंघको राजनीति गर्दै थिए। राजनीतिले मात्र जीविको चल्दैन भन्ने उनलाई थाहा थियो। उनी उद्यममा विश्वास गर्ने मान्छे हुन्। सानैदेखि महरलाई लेखनमा रुची थियो। त्यही रुचीले उनी २०५३ सालमा कान्तिपुर दैनिकको रिपोर्टर बन्न पुगे। त्यो समयमा जिल्लामा पत्रकारको संख्या थोरै हुन्थ्यो। उनी राष्ट्रिय समाचार समिति र रेडियो नेपालमा पनि समाचार पठाउन थाले। तीन मिडियामा काम गर्दा उनको थोरै भए पनि आमदानी हुनथाल्यो।

‘म पत्रकार हुँदाको कथा भने निकै रोचक छ। मेरो मित्र नीरज ठकुराठी इनिस्पेक्टरका लागि काठमाडौं आउनु भएको थियो। शंखमूलमा उहाँको कोठा थियो। उहाँको साथी टेकबहादुर ठकुराठी पनिसँगै बस्नुहुन्थ्यो। कान्तिपुरले रिपोर्टर मागेको थियो टेकबहादुरले रिपोर्टर हुने इच्छा व्यक्त गर्नु भएको। मैले उहाँलाई तपाई व्याचुलर गरेको म इन्टर पढ्दै गरेको तपाई अन्त पनि जागिर पाउनु हुन्छ। कान्तिपुरमा म गर्छु भने। उहाँले पनि मान्नु भयो। र, त्यसरी मेरो पत्रकारिता सुरु भएको हो’, महरले अतित सम्झदै भन्छन्।

उनी पदका लागि कुनै निकायमा पुग्ने व्यक्ति होइनन्। महरले पत्रकारीता सुरु गरिसकेपछि २०५६ सालमा नेपाल पत्रकार महासंघको डडेधुराको संस्थापक अध्यक्षका रूपमा काम गरे। उनी आफूलाई राजनीतिमा लाग्नुको आधारशीला पत्रकारीता र कान्तिपुर दैनिकसँगको सहयात्रालाई पनि ठान्छन्। ‘मैले जीवन जगत सिकेको पत्रकारिताबाटै हो। राजनीतिलाई अगाडि बढाउनका र सुरुवाति दिनमा पत्रकारिताले मलाई आर्थिक सहजता पनि प्रदान गरेको हो’, महर भन्छन्।

उनले २०५३ देखि ०५७ सम्म छाटो समय चार वर्ष मात्रै पत्रकारिता गरे। तर, त्यही समयमा उनी पत्रकार महासंघ डडेलधुरा शाखाको स्थापना गर्न सफल भए। ‘त्यतिबेला पत्रकारको संख्या थोरै हुन्थ्यो। सुदू्रपश्चिममा सबै पहाडि जिल्लाको प्रतिनिधित्व हुने गरि पत्रकार महासंघ डडेलधुरा शाखा गठन गरेका थियौं’, उनले भने।

पछि महरले २०५४ सालमा पार्टीको डडेलधुरा प्रचारप्रसार विभाग उपप्रमुखको रूपमा काम गरे। र, २०५७ सलामा चितवन महाधिवेशनबाट निर्वाच जितेर महर नेविसंघको केन्द्रीय सदस्य भए। उनले केन्द्रीय सदस्य भएकै दिनबाट पत्रकारिता त्यागे। सक्रिय राजनीतिमा लागिसकेपछि पत्रकारिताको निश्पक्ष धर्म नमरोस् भनेर आफूले पत्रकारिता त्यागेको उनी बताउँछन्। महरले भने, ‘मैले राजीनामा दिँदा युवराज घिमिरे कान्तिपुरको सम्पादक हुनुहुन्थ्यो। उहाँले मलाई राजीनामा नदिन भन्नु भएको थियो। तर, मैले प्रति उत्तरमा अब म समाचार लेख्ने होइन दाइ समाचार बन्छु भनेर राजीनामा दिएको थिए।’ केन्द्रीय सदस्य हुँदा उनले संगठन विभाग प्रमुख भएरसमेत काम गरे।

पछि महर २०६४ सालमा निर्वाचित उपाध्यक्ष भए। २०७३ सालमा निर्वाचित अध्यक्ष भए। उनले नेविसंघको राजनीतिक इतिहासमा कहिले चुनाव हारेनन्। सधै अत्याधिक र लोकप्रिय मत प्राप्त गरे।

उनले नेपाल विद्यार्थी संघको केन्द्रीय बागडोर सम्हालिसकेपछि थुप्रै सुधारका काम गरेका छन्। विद्यार्थीलाई सर्टिफिकेट धितो राखेर ऋण दिने प्रवन्ध गर्नुपर्छ भन्ने उनको पहिले देखिकै सोच थियो। नेविसंघको नेतृत्व सम्हालेपछि उनले त्यो आवाजलाई जोडतोडका साथ उठाए। आफ्नो उक्त विचारलाई सार्थक तुल्याउन उनले अन्य विद्यार्थी संगठनसँग पनि परामर्श गरे। र, अहिले त्यो सम्बोधनको चरणमा छ।

‘सबै तहमा सेमिस्टरको आधारमा अध्यायापन हुनुपर्छ भन्ने मेरो अर्को एजेन्डा थियो। शिक्षाका लागि कूल बजेटको २० प्रतिशत बढी रकम छुट्याउनुपर्छ भन्ने प्रमुख माग थियो। कार्यान्वयन नभए पनि अहिले त्यो सबै पार्टीको घोषणापत्रमा समेटिएको छ’, महरले खुशी व्यक्त गर्दै भने। महरले आफ्नो प्रस्तावमा टियुमा स्ववियु आचार संहिता बनाएर तत्कालिन विद्यार्थी राजनीतिमा लाखौं खर्च गरेर चुनाव लड्नुपर्ने अवस्थाको अन्त्य गर्न मापदण्ड तयारी पारिएको बताए। त्यही मापदण्डका कारण अहिले २०÷२५ हजारले नै चुनाव लड्न सकिने अवस्था सिर्जना भएको उनको भनाइ छ।

उनी राम्रा कामको थालनी गर्न नेताहरूले डराउन नहुने धारणा राख्छन्। नेविसंघको अध्यक्ष हुँदा महरले १६ वर्ष मुनीका विद्यार्थीलाई कुनै पनि संगठनको सदस्यता दिन नहुने प्रस्ताव केन्द्रीय समितिको बैठकबाट पारित गरेका थिए। तर, त्यो धारणामा उनले रामशरण महत बाहेक पार्टीमा अरु नेताहरूको साथ पाएनन्।

त्यो मात्रै होइन नेता महर शिक्षा र स्वास्थ्य राज्यको पूर्ण स्वामित्वमा हुनुपर्ने आफ्नो राजनीतिको प्रमुख एजेन्डा बनाएर अगाडि बढेका छन्। उनी यस्तो गर्न सकेमात्रै मुलुकमा दुई खाले नागरिक उत्पादन रोकिने बताउँछन्। ‘यो मेरो राजनीतिको मूल एजेन्डा हो। म राष्ट्रको कार्यकारी प्रमुख भएको दिन शिक्षा र स्वास्थ्यालाई राज्यको पूर्ण स्वामित्वमा ल्याउन काम गर्ने छु। आज नैतिकतामा आधारित मानवतावादी शिक्षाको आवश्यकता छ। त्यो कुनै दिन हामीले पुरा गर्नेछौं भन्ने ममा विश्वास छ। २० वर्ष पहिले विद्यार्थी राजनीतिमा होमिदा नै मेरो दिमागमा शिक्षा र स्वास्थ्य पूर्ण ९निःशुल्क० सरकारी स्वावित्वमा हुनुपर्छ लाग्थ्यो’, नेता महरले भने।

भनिन्छ बालबालिका काचो माटो जस्तै हुन्। उनीहरूलाई जस्तो आकार दियो त्यस्तै बनाउन सकिन्छ। नेता महरले यो भावलाई महशुस गरेका छन्। उनी बाल स्वभाव जिज्ञासु हुने भएकाले ८५ प्रतिशत दिभाग वृद्धि ६ वर्षसम्म हुने बताउँछन्। अहिले पनि ८० प्रतिशतभन्दा बढी बालबालिका स्तरिय बालशिक्षा प्राप्त गर्नबाट वञ्चित छन्। त्यसैले बाल शिक्षामा सरकारले एथेष्ट लगानी गर्नुपर्ने उनको भनाइ छ।

त्यसैले त यी यस्ता जनसरोकारका विषयमा राज्यको ध्यान जान नसकेकोप्रति उनी चिन्तित् छन्। नेता महर भन्छन्, ‘राजनीतिमा नैतिकता ह्रास भएको छ। अहिले जताततै नैतिकता नै आवश्यक छ। नैतिकवान व्यक्तिले मात्रै आदर्श राजनीति गर्नसक्छ।’ राजनीतिमा सबै कुरा सम्भव छ भन्ने पञ्चायतकालीन परिभाषा बदलेर राजनीति असल कामका लागि मात्र हो भन्ने सबैले बुझ्न आवश्यक छ। अहिले हामी २१औं सताब्दिमा बाचिरहेका छौं। जनभावना अनुसार र समय सापेक्ष राजनीति गर्न सकिएन भने त्यो कुनै हालतमा जनताको पक्षमा हुनसक्दैन।

उनी नेता कार्यकर्ताको आर्थिक स्थिति र हैसियतको पार्टीमा अभिलेखिकरण हुनुपर्ने धारण राख्छन्। नेता आफू पारदर्शी भए उसले व्यवस्थालाई पारदर्शी रूपमै अगाडि बढाउन सक्ने उनी बताउँछन्। त्यसका साथै उनी राजनीतिमा एक व्यक्ति एक पद एक पटकको अवधारणा अवलम्बन हुनुपर्ने बताउँछन्। ‘विकास, राजनीति, राष्ट्रियता, अन्तर्राष्ट्रिय सम्बन्ध पालना गर्नुपर्ने नैतिक आचरण र काम कर्तव्यका बारेमा सिक्न र सिकाउन युवा कांग्रेसको गठन हुनुपर्छ’, उनी भन्छन्।

भनिन्छ, नेता जनताका सेवक हुन्। त्यसैले सधै सुख, दुःखमा नेता जनतासँगै हुनुपर्ने महरको धारणा छ। उनी वर्षको दुई पटक हिउँदे र बर्षे बालीमा कम्तिमा एक÷एक हप्ता सामूहिक अथवा व्यक्तिगत खेतीको समयमा अनिवार्य श्रम गर्नुपर्ने बताउँछन्। यसले उत्पादन बढ्का साथै श्रमप्रतिको सम्मानमा वृद्धि हुने महरको धारणा छ। नेपाल कृषि प्रधान देश हो। कृषि र कृषकको मात्रै सम्मान गर्न सके नेपाल कृषिबाटै समृद्ध हुने उनको धारणा छ। यसका साथै नेता महर पार्टीभित्र स्थानीय तहदेखि केन्द्रीय महाधिवेशनसम्म गुट र समूह निर्माण गरेर चुनाव लड्न नपाउने आचारसंहिता लागू हुनुपर्ने धारणा राख्छन्। यसो गर्नसके पार्टीभित्रको गुट उपगुट आफै समाप्त हुने महरको दाबी छ।

पार्टीको निर्वाचन मितव्ययी बनाउन डिजिटल प्रविधि अवलम्बन गर्न उनको सुझाव छ। युवालाई शिप र क्षेमता अभिवृद्धि गर्ने तथा बेरोजगार युवालाई जीवनयापन गर्न व्यरोजगार भत्ताको व्यवस्था गर्नेलगायत काम गर्नसके आफ्नो पार्टीले ठूलो जनमत बटुल्नेमा नेता महर विश्वस्त छन्। ‘पछिल्लो तथ्यांक अनुसार ८० लाख हाराहारीमा नेपाली युवाहरू विदेशमा पसिना बगाइरहनु भएको छ। विदेशमा बसेका नेपालीहरू सीप, क्षेमता, प्रविधि र स्रोतसाधनले पोख्त छन्। देश निर्माणका लागि चाहिने चिज पनि यही हो। यसको सदुपयोग नेपाल भित्रै गर्न सके समृद्ध नेपाल नेपालको सपना साकार हुनसक्छ’, महर भन्छन्।

महरले त्रिभूवन विश्व विद्यालयबाट राजनीति शास्त्रमा स्नाकोत्तर र एलएलबी गरेका छन्। उनले पार्टीमा बौद्धिक र जुझारु युवा नेताको छवि बनाएका छन्। महरका ६ ओटा पुस्तकसमेत प्रकाशन भएका छन्। उनका शिक्षाका चुनौतीहरू ९२०६६०, नेपाली कांग्रेस र भातृ संगठन ९२०६४०, अबको काग्रेस ९२०७२०, संकल्प ९२०७३०, काण्डैकाण्ड ९२०७५०, महाकाण्ड ९२०७८० प्रकाशित पुस्तक हुन्।

उनी राजनीतिक भ्रमणकै क्रममा थुप्रै देशमा समेत पुगेका छन्। भारत, मलेशीया, सिंगापुर, अमेरिका, अस्ट्रेलिया, बेलायत, जर्मनी, फ्रान्स, स्वीजयल्याण्ड, बेल्जियम, पोचुगल, डेनमार्क, स्वीडेन, फिनल्याण्डलगायत युरोपियन मुलुकका साथै महरले थुप्रै देशको भ्रमण गरेका छन्। राजनीतिक भ्रमणका क्रममा विभिन्न मुलुक पुगेका महरले त्यहाँको राजनीतिक स्थिति र विकास मोडेलका बारेमा सुक्ष्म अध्ययन गरेका छन्।
२०६२÷६३ सालको जनआन्दोलनमा तीन महिना जेल जीवन विताएका महर विभिन्न अवार्डबाट विभुषितसमेत भएका छन्। उनी दैविक प्रकोप उद्धार पदक– २०५६ र कन्स्ट्रक्टिभ स्टुडेन्ड लिडर अवार्ड २०१० जिएनएससी बेलायतबाट सम्मानित भएका छन्।

‘जहाँ सिक्न र सिकाउन पाइन्छ, स्कुल अफ डेमोक्रेसी’ भन्ने नाराका साथ स्थापना भएको स्कुल अफ डेमोक्रेसीका महर संस्थापनक अध्यक्ष हुन्। अहिले स्कुल अफ डेमोक्रेसीका सात प्रदेश र ७७ समिति छन्। त्यसका साथै विश्वका ३३ देशमा समेत स्कुल अफ डेमोक्रेसी फैलिएको छ। स्कुल अफ डेमोक्रेसीमा अधिकारीकर्मी, राजनीतिकर्मी, डाक्टर, वकील, शिक्षक, व्यापारी, श्रमिक, किसान र समाजसेवालगायत क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरू सहभागी रहेको महर बताउँछन्।

३० भन्दा बढी संविधान सदस्य क्रियाशील रहेको स्कुल अफ डेमोक्रेसीले थालेको अभियानले सम्भावना बोकेका युवाहरूलाई राजनीतिमा आउन प्रेरित गरिरहेको छ। त्यत्ति मात्र नभएर नैतिकता ह्रास हुँदै गएको राजनीतिलाई नैतिक मूल्य मान्यतामा आधारित राजनीतिमा परिणत गर्ने र राष्ट्र निर्माणमा दूरगामी प्रभाव पार्ने अभियानसमेत सञ्चालन गरेको नेता महर बताउँछन्। ‘राजनीतिका अलावा अर्थतन्त्र, विकास, शुसासन, राष्ट्रियता, लोकतन्त्र, प्रजातान्त्रीक समाजवादप्रतिको शंकल्पको आधारशीला स्कुल अफ डेमोक्रेसीले सिकाउँछ’, नेता महरले भने। उनी अध्यक्ष रहेको स्कुल अफ डेमोक्रेसीमा ८८ हजारभन्दा बढी युवा गोलवद्ध भएका छन्।

बाहिरबाट हेर्दा जो कोही मानिसको जीवन सरल र सहज लाग्छ। तर, सफलतामा पुग्नका लागि मानिसले थुपै चुनौतीका पहाड उक्लिएको हुन्छ। महरको राजनीतिक जीवनमा त्यस्ता पहाड त कति छन् कति। सबै भन्दा ठूलो त माओवादीले उनलाई निर्घात कुटपिट गरेर मर्‍यो भनेर छोडेको थियो। २०६४ सालको चैत्र २८ गते संविधान सभाको चुनाव हुँदै थियो। २४ गते राति साढे ११ बजे करिव ८० जना माओवादीको हतियारधारी समूहले महरको घर बसेको घेर्‍यो। उनलाई अपहरण गरेर लगियो।

‘मलाई डेढ घण्टाको ओरालोमा नानी गाड नदीको किनारमा लगे। भरखर बिहे गरेको थिए। म तत्कालिन समयमा नेविसंघको केन्द्रीय उपाध्यक्ष थिए। अपहरण कारीले मेरो साथमा भएको मोबाइल र ससुरालीबाट आएको सिक्री लुटे। मसँग भएको पैसा लुटेर। मलाई मरणासन्न हुने गरि कुटपिट गर्न थाले’, महरले भने। त्यसपछि कति कुटे उनलाई याद छैन। चार घण्टापछि होस आउँदा उनी नदी बगरमा एक्लै थिए। जीउभर निलडाम मात्रै। मध्येराति के गर्ने कसो गर्ने रु ज्यान उभिनै नसक्ने गरी दुखिरहेको थियो। उनी जसोतसो घर पुगे।

‘माओवादीको मिसन कांग्रेसको प्रचार गर्न पाइदैन, नैनसिंहले गाउँ छोड्नुपर्छ भन्ने थियो। मैले गाउँ छोडिन र मरणासन्न हुनेगरि पिटे। पछि नैनसिंह मर्‍यो भनेर हल्ला फैलाए। तर, म नभागेर चुनावी गतिविधिमा सक्रिय रहे। डराएर भाग्नु त कायरता होनी। जनताको सेवा गर्न चाहने मान्छेले मृत्युसँग डाउनु हुँदैन’, महर भन्छन्। उनी त्यसरी विभिन्न चुनौतिलाई चिर्दै नेपाली राजनीतिमा स्थापित भएका युवा नेता हुन्।

‘अहिलेसम्म जेजे भयो–भयो अब हामी समृद्ध नेपालको अभियानमा जुट्नुपर्छ’, महर भन्छन्, ‘कोरोना महामारीले संसार आक्रान्त छ। संसारलाई व्याथा रोग मात्रै नभएर भाकरी पनि भएको छ। थुप्रै मानिस बेरोजकार छन्। अब राजनीतिलाई उत्पादनसँग जोड्नुपर्छ।’ नेपाल जस्तो कृषि प्रधान देशमा राजनीतिलाई उत्पादनसँग जोड्दा समृद्धिमा टेवा पुग्ने छ।

महरलाई खाद्य भित्रको कमजोर गुणस्तरियताप्रति पनि चित्त बुझेको छैन। राज्यले जनताको ज्युधनमा विषेश ख्याल पुर्‍याउनुपर्ने उनको तर्क छ। त्यसका लागि समय–समयमा गुणस्तर चेकजाँच हुनुपर्ने उनी बताउँछन्। ‘जलबायु परिवर्तनले संसारलाई ध्वस्त पार्ने अवस्था छ। हामीसँग प्रयाप्त सम्भावना छ। हामीले त्यसका लागि पनि दूरगामी रणनीति अगाडि बढाउन सकिरहेका छैनौं’, महर भन्छन्।

त्यति मात्र नभएर विशाल दुई छिमेकी मुलुकबाट पनि नेपालले प्रायाप्त फाइदा लिनसक्ने उनको भनाई छ। दुई छिमेकी मलुक र अन्य देशसँग राम्रो सम्बन्ध बनाउन सके नेपालले पर्यटन क्षेत्रबाट मात्रै पनि मनग्य आमदानी गर्नसक्ने उनको तर्क छ। जलस्रोतको धनी देशमा राज्यको ध्यान त्यता मात्रै केन्द्रीत हुनेहो भने पनि राष्ट्रय भारत र चिनमा विजुली बेचेर राम्रो आम्दानी गर्न सक्ने महर बताउँछन्। ‘जटिबुटीको सदुपयोग मात्रै गरे पनि हामी समृद्ध हुन्छौं। तर, हामी कुहिरोको काज जस्तै हराइरहेका छौं। आफ्नै शरीरबाट निस्केको सुगन्ध थाहा नपाएर जंगलभर भौतारिरहेको कस्तुरी जस्तै भइरहेका छौं’, महरले भने।

कृषिमा आधुनिकी करण अहिलको प्रमुख आवश्यकता रहेको उनले बताए। एक खर्व भन्दा बढी कृषि जन्य उत्पादन अहिले आयात भइरहेकोमा कृषिमा आधुनिकी करण गर्दा त्यो विस्थापित हुने उनी बताउँछन्। यसका साथै ४० प्रतिशत भन्दा बढी रहेको युवा जनशक्तिको सदुपयोग राष्ट्र निर्माणमा लाग्न अब विलम्ब गर्न नहुने महरले बताए।

महर आफै पनि सकरात्मक सोच र ऊर्जा भएका युवा नेता हुन्। उनी सकरात्मक सोचलाई उर्जाको माध्यम ठान्छन्। मान्छेमा सकरात्मकता भयो भने त्यो मान्छेले सधै सही मार्ग मात्रै अवलम्बन गर्ने उनको भनाई छ। त्यसैले उनी सबैलाई सकरात्मक ऊर्जाका साथ राष्ट्र निर्माणमा एकवद्ध हुन आग्रह गर्छन्। विद्यार्थी राजनीतिबाट खारिएका महरले यतिबेला कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारी किन तरु उनकै शब्दमा यस्तो भन्छन् महर ।

१४औं महाधिवेशनमा तपाईको उम्मेदवारी के को लागि ?

नेपाली कांग्रेस १४औं महाधिवेशनको संहारमा छ। हाम्रा नेपालका अगाडिका १३ महाधिवेशनहरू नेपालको रुपमान्तरण, नेपाली जनताको स्वतन्त्रता, प्रजातन्त्र र देशको सर्वाङ्‍गीण विकासका लागि नेपाली कांग्रेसका कुर्वानी जसरी रह्यो त्यसमा थप फड्को मार्न पर्ने १४औं महाधिवेशनको चुनौति छ। २००७ सालअघि नेपालको शिक्षा राणाहरू र हुनेखानेहरूको पहुचमा मात्रै थियो। जनताको पिठ्युमा काटि जस्तै बानेर एक गाउँबाट अर्को गाउँमा पुर्‍याउनु पर्ने अवस्था थियो। जनता बोल्न पाउने अवस्था थिएन। दासताको जन्जिर थियो। त्यसबाट मुक्त गर्नका लागि नेपाली कांग्रेसले जुनशक्ति संघर्ष गर्‍यो, जुन आन्दोलन गर्‍यो त्यसको प्रतिफर २००७ सालको आन्दोलन सफल भयो र देशमा प्रजातन्त्र बहाली भएको थियो। त्यसपछि पनि सामाजिक रुपान्तरणका मुद्दा शिक्षा, खानेपानी स्वास्थ्य विशेष गरी विश्वेश्वर प्रसाद २०१५ सालपछि बनेको पहिलो जननिर्वाचित सरकारले नेपाली जनताका पक्षमा गरेका ठूला दूरगामी प्रभाव पार्ने जति निर्णय भए, जति जनताको पक्षमा काम भए देशको अन्तर्राष्ट्रिय क्षेत्रमा इमेज बढाउने काम भयो त्यसपछाडि नेपाली कांग्रेस निरन्तर रुपमा नेपाली जनता र नेपालको सुखद भविश्यमा काम गर्दै गयो।

२०१७ सालमा राजा महेन्द्रले विपी कोइरालाई काम गर्न नदिएर जसरी कु गरे त्योबीचको ३० वर्ष नेपाल अन्धकारको बाटोमा गयो। राजनीति भनेको एउटा कुरा हाम्रो न्यूनतम सर्त हो। हामी मानिसको स्वतन्त्रता र अधिकारका पक्षमा बोल्छौं। अधिकार भनेको अहिले राजनीतिक अधिकारी जरुरी छ। सँगसँगै मानिसका अरु पनि अधिकार बाँकी छन्। खाना, शिक्षा स्वास्थ्यको अधिकार होला। यी अधिकार पनि परिपूर्ति गर्नु जरुरी छ भनेर यस्ता सबै खाले अधिकारका बारेमा नेपाली कांग्रेस जहिले पनि चिन्तित छ। ती अधिकारको पूर्ति आज पनि सम्पूर्ण रुपमा परिपूर्ति भएको छैन।

विपी कोइरालाले आफ्नो अन्तिम समयमा भन्नुहुन्थ्यो, म प्रधानमन्त्री हुँदा मेरो जस्तै आर्थिक अवस्था भएको नेपाली जनताको आर्थिक हैसियत १५ वर्ष भित्रै पुर्‍याउँछु भन्ने सोचेको थिए। मलाई काम गर्न दिइएन। राजाले मलाई निकाल्यो। आज अब कुनै प्रधानमन्त्रीले त्यो भन्ने हैसियत राख्नुहुन्न। त्यो कुरा आज पनि कार्यान्वयन हुन सकेको छैन। विपी कोइरालाको सपना र नेपाली कांग्रेसको गन्तव्य आज पनि पुरा भएको छैन। त्यो बाटो किन पुरा हुन सकिरहेको छैनरु त्यो प्रश्नको उत्तर खोज्ने बेला यही हो। र, म पनि त्यसैको उत्तर खोज्न लागिरहेको छु। अर्को अर्थमा भन्दा विपीको त्यो सपना पुरा गर्नका लागि पनि कांग्रेसको मूल नेतृत्वमा आउनु उचित ठानेर मैले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ।

त्यो सपना तपाईंहरूले कसरी पुरा गर्नुहुन्छ ?

नेपाली कांग्रेसको समग्र सांगठनीक स्थिति निर्माण गर्नका मैले नारा नै तय गरेको छु। १४औं महाधिवेशनको कार्यभार शसक्त कांग्रेस र बहुमतको सरकार। सशक्त कांग्रेसले देशको सशक्तिकरण र कांग्रेसले भोली लिने बाटोबाट बन्ने नेपाली जनताका पक्षमा बन्ने सरकार सामाजिक कल्याणकारी व्यवस्था केन्द्रीत हुनसकोस भन्नका लागि अहिलेको महाधिवेशनबाट आएको नेतृत्व सफल हुनुपर्छ। १० लाख हाराहारीमा रहेका नेपाली कांग्रेसका क्रियाशील सदस्यले महाधिवेशनका माध्यमले कांग्रेसको ठूलो रुपान्तरणको अपेक्षा गरेका छन्। कांग्रेस भित्र ठूलो पुनरजागरणको अपेक्षा गरेका छन्। कांग्रेस भित्रको ठूलो चामत्कारिक परिवर्तनको अपेक्षा गरेका छन्। हरेक कांग्रेसको क्रियाशील सदस्यले हिजो गरेका गल्ती नदोहोरिने गरी अगाडि बढ्न आवश्यक छ। जनताको अपेक्षा पनि त्यही हो। त्यसैको पूर्तिका लागि हामीले नयाँ केन्द्रीय समिति निर्माण गर्दै छौं हामी केन्द्रीय महाधिवेशनका माध्यमले। त्यो महाधिवेशनले आउने नेतृत्वमा त्यो भित्रको एउटा सानो सदस्यका रुपमा मैले पनि योगदान दिने अपेक्षा गरेको छु। एउटा दृष्टिकोण बनाएको छु। मैले मात्रै गरेर कांग्रेस सुधार हुन्छ भन्ने कुराका प्रति त मलाई पूर्ण रुपले विश्वास छैन। तर, म जस्तै राजनीतिलाई जनताको पक्षमा हिँडाउनुपर्छ भन्ने विचार भएका, नैतिकताको बन्धनमा बाधिएका र समाजको लागि नै केन्द्रीत हुने नेताहरूको उपस्थिति रह्यो भने १ सय ६७ सदस्सीय कमिटीले साच्चिकै तीन करोड नेपाली जनताको अपेक्षा अनुसार काम गर्न सक्ने वातावरण सिर्जना हुनेछ।

आम जनताको १४औं महाधिवेशनप्रति धारणा के पाउनु भएको छ ?

नेपाली कांग्रेसको महाधिवेशन ४ वर्ष भित्रै गरिसक्नुपर्ने हाम्रो बैधानिक प्रावधान थियो। चार वर्ष पछाडि नेपालको राजनीति नेपाली कांग्रेसको महाधिवेशनमा नै केन्द्रीत छ। तर, तीन वर्षसम्म केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाली जनतालाई निकै सास्ति दियो। भ्रष्टाचार र सुशासनमा सरकार निरवस्त्र भयो। त्यो सरकारबाट नेपाली जनताले उन्मुक्ति चाहिरहेका थिए। त्यो उन्मुक्ति पाउने बेलामा संसदसमेत विघटन गरिसकेपछि त्यसकाविरुद्धमा जनताको आन्दोलन अगाडि बढ्यो। राजनीतिक दलहरूको आन्दोलन अगाडि बढ्यो। कानुनी उपचार खोज्नका लागि अदालतसम्मको स्थिति आएर अहिलेको स्थितिमा पुग्दा हाम्रा प्रति जनताको चासो छ। जनताको अहिलेको अपेक्षा केपी ओली र कम्युनिस्टहरूले गरेका गल्ति कांग्रेसको सरकारले नदोह्याओस् भन्ने छ। जनताको चाहना कांग्रेसका १० लाख क्रियाशील सदस्य आचारण र व्यवहारमा शुद्ध हुनुपर्‍यो भन्ने छ। कम्युनिस्ट प्रवृति जस्तै जे पनि राजनीतिमा सम्भव हुन्छ भन्ने हुनुभएन। राम्रो आचारण र पक्षले जनता तथा समाजका पक्षमा काम गर्ने वातावरण यो महाधिवेशनले दिनुपर्छ भन्ने छ। वडा तहबाटै हामी सात चरणको चुनाव सम्पन्न गरेर आउँदै छौं। यसरी चुनाव गर्दै गर्दा पार्टी भित्रको लोकतान्त्रीक प्रक्रिया थप फराकिलो बन्दै जाओस भन्ने जनचाहना छ। अधिकारका पक्षमा बोल्ने पहिलो पार्टी नेपाली कांग्रेस हो। यसको गरिमा झन बढाउनुपर्छ। हिजो गरेका गल्ती सच्याएर जनताको पार्टी बनाउनुपर्ने आजको आवश्यकता छ। हाम्रो ध्यान पनि त्यही अवस्थामा केन्द्रीत छ। यसका साथै नेपाली कांग्रेस जनताको पार्टी भएकाले जनताकै माझमा रहनुपर्छ भन्ने जनताको चाहना छ।

कहि बाटो मात्रै पुगेर भएन त्यो बाटोमा हिड्दै गरेको गाडिमा चढ्ने हैसियत भएको जनता पनि हुनुपर्छ। रोल्पामा विद्युतिकरण भएर मात्रै भएन विद्युत जोडेर सधै भर उज्यालोमा बस्ने अवस्था जनताको हुनुपर्‍यो। सप्तरीमा धान उत्पादन भएर मात्रै भएन धानको विक्रीका लागि सरकारले सेक्युरिटी गर्नुपर्यो। सरकारले किसानले उत्पादन गरेको धान खरिद गरेर किसानलाई मार्का पर्न दिनु भएन। विचौलीया र दलाल मोटाउने अवस्थाको अन्त्य हुनुपर्यो। जनताको चाहना यही छ। र, कांग्रेस अब यही मार्गमा मार्गदृष्ट हुनुपर्छ। यसका साथै जनताको सेवा सुविधाको गुणस्तरमा पनि ध्यान दिनुपर्छ। यी सबै कुरामा नेपाली कांग्रेस गम्भीर र जिम्मेवार बन्नुपर्छ भन्ने हो। कल्याणकारी राज्य व्यवस्था घोषणा पत्र र विधानमा मात्रै भएर भएन। नेपालको संविधानमा लेखेर मात्रै भएन की कार्यान्वयनको तहमा पनि जान आवश्यक छ। त्यसको कार्यान्वयनको नेतृत्व दृढ संकल्पका साथ कांग्रेसले गर्नुपर्छ भन्ने कुराको अपेक्षा जनताको हामी प्रति छ।

अन्त्यमा तपाईंका राजनीतिक एजेन्डा के छन् ?

मैले सुरुदेखि नै १४‍औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै गर्दा १४ एजेन्डा पनि अगाडि सारेको छु। एक व्यक्ति, एज पद दुई पटक मात्र यो मेरो पहिलो एजेन्डा हो। यो एजेन्डालाई मैले आजसम्म लागू गर्दै आएको छु। र, जीवनभर लागू गर्दै पनि लैजाने छु। प्रशिक्षण र मापदण्डका आधारमा कृयाशिल सदस्यता दिनुपर्छ भन्ने मेरो अर्को एजेन्डा हो। सरकार र पार्टी सञ्चालनका लागी थिङ ट्याङ्को स्थापना गर्नुपर्छ भन्ने धारणामा म सधै अडिग छु। विपी विचारको समयसापेक्ष कार्यन्वयन गर्नुपर्छ भन्ने एजेन्डा पनि मेरो प्राथमिकतामा छ। हामीले विपीको विचारलाई आत्मसाथ गर्दै समय सापेक्ष अगाडि बढ्न सक्यो भने मात्रै उहाँप्रति असली सम्मान हुने छ।

यसका साथै व्यवहार र आचरणमा शुद्धता, आर्थिक पारदर्शीता, रुपान्तरणका लागी युवा कांग्रेसको स्थापना, नेतृत्वको आवधिक कार्ययोजना, महाधिवेशनमै, लोकतन्त्रको संस्थागत विकास तथा असल नेतृत्व,कुशल व्यवस्थापन, योगदानमा आधारित जिम्मेवारी, मूल्यांकनका आधारमा सम्मान, निस्शुल्क स्वास्थ्य(शिक्षा, सर्वसुलभ यातायात र संचार, गुणस्तरीय जीवनका आधार, लगानीमैत्री वातावरण, युवा उद्यमशिलता र स्वरोजगार अर्थतन्त्रमा सुधार, विविधताको सम्मान रितिरिवाज र मौलिकताको पहिचान, कानुनी राज्य, मानव अधिकार, सुशासन र समावेशीता तथा राष्ट्रिय स्वार्थ केन्द्रित विदेश नीतिलगायत १४ एजेन्डालाई मैले अगाडि सारेको छु। म यो विचारमा सधै दृढ नै रहने छु।