नवराज सिलवालबारे नयाँ खुलासा - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

नवराज सिलवालबारे नयाँ खुलासा



काठमाडौं-

केहि समय अगाडी प्रहरीले नै रेड कर्नर नोटिस जारी गरेका एमाले सांसद नवराज सिलवाल फरार अभियुक्त नभएको प्रहरीले नै बताएको छ । उक्त समयमा प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका सिलवालले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरे लगतै प्रहरी प्रधान कार्यालयले नै यस्तो बताएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार किर्ते मुद्दा प्रहरीले सरकारी वकिलको कार्यालयमा पठाएको र अब सिलवाललाई पक्राउ गर्ने–नगर्ने भन्ने उसैको हातमा रहेको बताए । प्रहरीका अनुसार अनुसन्धानको फाईल सरकारी वकिलको कार्यालयमा छ, सरकारी वकिलको कार्यालयले सिलवाललाई पक्राउ गरेर अनुसन्धान अघिबढा भने गर्ने हो, होईन भने अहिलेको अवस्थामा सिलवाललाई फरार भन्न मिल्दैन ।’

नवराज सिलवाललाई प्रहरीको अति गोप्य मानिने कार्य सम्पादन मूल्याङ्न फाईल किर्ते गरेको आरोप लाग्दै आएको छ । गत फागुन २० गते प्रतनिधिसभा सदस्यका लागि राखिएको शपथ ग्रहण समारोहमा समेत सिलवाल सहभागी भएका थिए ।

तत्कालिन देउवा सरकारको पालामा उच्च पदस्थ प्रहरी अधिकारीहरुले नै उनि फरार अभियुक्त भएको अभिव्यक्ति दिएका थिए ।