मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफैले उठाए फोहोर - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफैले उठाए फोहोर



सुर्खेत। प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही वीरेन्द्रनगर बजार क्षेत्रको सरसफाइमा जुट्नु भएको छ ।

वीरेन्द्रनगर नगरपालिकाले शनिबार आयोजना गरेको विशेष सरसफाइ कार्यक्रममा उहाँले हातमा कुच्चो र बेल्चा लिएर बजार क्षेत्रको सरसफाइ गर्नुभयो । मुख्मन्त्री शाहीसँगै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, प्रदेश ६ का सांसद, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, कर्मचारीहरु सरसफाइमा जुटेका थिए ।

श्रम गर्न लाज नहुने भन्दै मुख्यमन्त्री शाहीले फोहोर पन्छाएर प्रदेशलाई सफा र सुन्दर बनाउने सन्देश दिने उद्देश्यले अभियानमा सहभागी भएको बताउनुभयो ।‘आज सबैलाई लाग्यो होला एक दिन मात्र कागज उठाए भनेर ? हामी आज मात्र नभएर यसलाई निरन्तरता दिन्छौँ’, मन्त्री शाहीले भन्नुभयो, ‘हामी यो प्लाष्टिक, कागज सबै फोहोर लाज नमानी उठाउँछौँ ।’

मन्त्री शाहीले सरसफाई अभियानलाई प्रत्येक महिनाको दुईदिन निरन्तरता दिने बताउनुभएको छ । उहाँले सुर्खेतलाई सुन्दर तथा नमुना शहरको रुपमा विकास गर्नका लागि सरकारले गुरु योजना बनाउन लागेको बताउनुभयो ।