मुकेश काफ्लेले लगाए कुलमान घिसिङमाथि गम्भीर आरोप - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

मुकेश काफ्लेले लगाए कुलमान घिसिङमाथि गम्भीर आरोप



काठमाडौं- नेपाल विद्युत प्राधिकरणबाट असक्षम बहेरा निकालिएका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई गम्भीर आरोप लगाएका छन् ।

काफ्लेले थुप्रै असन्तुष्टि पोख्दै आफूले बनाएको संरचनामा कुलमानले जस लिएको समेत आरोप लगाएका छन ।

एक टिभी कार्यक्रममा काफ्लेले आफूले विगतमा खडा गरेको आधारले विद्युतका क्षेत्रमा भएको सकारात्मक नतिजाको जस कुलमानले लिएको उनको आरोप छ ।

काफ्लेले कुलमानको कार्यकालमा कुनैपनि जलविद्युत आयोजना शुरु नभएको र उपत्पादन शुरु पनि नभएको समेत बताए ।

तर, काफ्लेले एउटा कम भने कुलामान्ले राम्रो गरेको बताएका छन् । विद्युत चुहावट घटाएर राम्रो काम गरेको बताउँदै उनले भने, ‘उहाँले विद्युत चुहावट घटाउनुभएको हो,’

कुलमानको कार्यकालमा विद्युत चुहावटमा राम्रो सफलता भएको उनको भनाई थियो । तर, अरुलाई नराम्रो देखाएर आफू राम्रो देखिन खोजेको भन्दै कार्यक्रममा उछितो काढेका थिए ।

कुलमानको कार्यकालमा कुनैपनि जलविद्युत आयोजना शुरु भई उपत्पादन शुरु नभएको भन्दै कुलामानले प्राधिकरणका लागि खासै काम नगरेको समेत बताए ।

ट्रान्समिसन लाइनको काम नभएकोले देशमा दैनिक करोडौंको विद्युत खेर गइरहेको काफ्लेले बताए ।