ओलीलाई मोदी र सुष्मा स्वराजको फोन, के भयो त कुरा ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ओलीलाई मोदी र सुष्मा स्वराजको फोन, के भयो त कुरा ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन् । मोदीले ओली प्रधानमन्त्री हुनासाथ अर्थात बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

टेलिफोन संवादमा मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएको ओलीका प्रेस संयोजन चेतन अधिकारीले जानकारी दिएका छन् ।

यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता महामहिम मोदीले व्यक्त गरेका छन् ।

टेलिफोन संवादमा प्रधामन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई आफूलाई बधाइ तथा शुभकामना व्यक्त गरेकोमा धन्यवाद दिँदै  आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको र   भारतसँगको  मित्रता अझ सुदृढ बनाउन प्रयासरत रहने कुरा पनि  बताएका थिए ।

मोदीले भारतीय राजदुत मञ्जित सिंह पुरी मार्फत प्रधानमन्त्री ओलीलाई एक शुभकामना पत्र पठाउँदै प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायीत्व पाउने आशा व्यक्त गरेका थिए ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिएको प्रेस संयोजक अधिकारीले जानकारी गराए ।