भारतमा लकडाउन थप्ने तयारी, मजदुरलाई विशेष राहत घोषणाको तयारी - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

भारतमा लकडाउन थप्ने तयारी, मजदुरलाई विशेष राहत घोषणाको तयारी



एजेन्सी-कोरोना संकट र लकडाउनको बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशबासीको नाममा सम्बोधन गर्ने भएका छन्। राति ८ बजे प्रधानमन्त्री मोदी देशबासीको नाममा सम्बोधन गर्दै लकडाउन-४को घोषणा गर्ने भारतीय सञ्‍चामाध्‍यमहरुले जनाएका छन्।

उनले यो पटक भने लकडाउनको चौथो चरणको घोषणा गर्ने र सबै वस्तुमा अधिक छुट दिने बताइएको छ। यसका साथै त्यहाँ रहने मजदूरहरुको लागि नयाँ योजना सार्वजनिक गर्नेछन् भने सामाजिक दूरी कायम गर्न सबैमा अपिल गर्ने प्रम मोदीको रहेको भारतीय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्।

यसअघि प्रधानमन्त्री मोदीले तेस्रो चरणको मिटिङ भारतका सबै राज्‍यका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फेरेन्समार्फत छलफल गरिसकेका छन्। उक्त छलफलले सबै राज्‍यका मुख्‍यमन्त्रीहरुले देशमा थप लकडाउन बढाउनु पर्ने सुझाव दिएका थिए।

तर पश्चिम बंगालकी मुख्‍यमन्त्री ममता बेनर्जीले भने केन्द्र सरकार प्रदेशप्रति चरम भेदभाव गरिरहेको आरोप लगाएकी थिइन्।उनले भनेकी थिइन्, ‘बंगाललाई लेखेको केन्द्रको चिठ्ठी पहिला नै लिक हुन्छ।यो कस्तो परम्परा हो ?’

यस्तै तेलंगानाका मुख्‍यमन्त्री चन्द्रशेखर रावले १२ मेबाट प्यासेन्जर ट्रेन चलाउनु सरासर गलत भएको भन्‍दै भिडियो कन्फेरेन्समै विरोध जनाएका थिए।