उपत्यकामा मेलम्चीको पानि आउंदै, ३ सय मिटर सुरुङ मात्र बाँकी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

उपत्यकामा मेलम्चीको पानि आउंदै, ३ सय मिटर सुरुङ मात्र बाँकी



कान्तिपुर दैनिक:- ४० हजारभन्दा बढी धारा जडान, ६४० किमि पाइप बिछयाइयो

सिन्धु खण्डमा सुरुङ खन्न समस्या हुँदा मेलम्चीको पानी काठमाडौं उपत्यका आइपुग्न अझै ४ महिना ढिला हुने भएको छ ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार ग्यालथुम–सिन्धु खण्डमा कमजोर चट्टान भएकाले सुरुङ खन्न ढिलाइ भएको छ ।

आयोजनाका निर्देशक रामचन्द्र देवकोटाले कमजोर चट्टान हुँदा सुरुङमा विस्फोट गर्न समस्या आएको बताए ।

‘विस्फोटक पदार्थ प्रयोग गर्दा त्यसले कति क्षेत्र ओगट्छ भन्ने अनुमान गर्न गाह्रो छ,’ उनले भने, ‘स्काभेटर प्रयोग गरेका छौं, संवेदनशील पनि उत्तिकै छ तैपनि ठेकेदारलाई चाँडो पूरा गर्न निर्देशन दिएका छौं ।’

आयोजनाका अनुसार सुरुङ खन्न अब ३ सय २१ मिटर मात्र बाँकी छ । तर, स्काभेटर प्रयोगले पनि डेढ महिनाभित्र ग्यालथुम–सिन्धु खण्ड ‘ब्रेक थ्रु’ गरिने उनले बताए । सुन्दरीजलदेखि सिन्धुसम्म करिब ९ किमि सुरुङ खन्ने काम १ वर्षअघि पूरा भइसकेको छ ।