एमसीसी रोक्न नमिल्ने भन्दै प्रदीप ज्ञवाली कड्किए - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

एमसीसी रोक्न नमिल्ने भन्दै प्रदीप ज्ञवाली कड्किए



काठमाडौं- परराष्ट्रमन्त्री एवम् नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले एमसीसी रोकिएकोमा आक्रोश पोखेका छन् । उनले संसद्ले बिजनेस रोक्न नमिल्ने बताएका हुन्।

शनिबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग ज्ञवालीले सभामुखले तजबिजी अधिकार प्रयोग गरेर एमसीसी रोकिएको बताएका हुन्।

‘त्यसलाई लामोसमयसम्म रोक्न मिल्दैन भन्नेमा सबै दलको सहमति छ,’ उनले भने, ‘त्यसलाई एउटा टुंगोमा पुर्‍याउनुपर्छ भन्ने सहमति भएको छ।’

एमसीसी पास गर्ने/नगर्ने संसद्ले गर्ने भन्दै उनले बिजनेस रोक्न भने नमिल्ने बताए।

त्यस्तै राष्ट्रियताका सवालहरूमा र पछिल्लो समय राजनीतिक स्थिरतालाई खलबल्याउने राजनीतिक प्रणालीलाई कमजोर गर्ने विकृतिहरू देखिएको उनको भनाइ छ। ‘त्यसलाई निरुत्साहित गर्नुपर्छ भन्नेमा सबै साथीहरूको सहमति रहेको छ,’ उनले भने।