केन्द्रीय कमिटी बैठकमा गलाको पासो बन्दै एमसीसी - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

केन्द्रीय कमिटी बैठकमा गलाको पासो बन्दै एमसीसी



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकको समूहगत छलफल आज पनि जारी छ ।

यो बैठकको सबैभन्दा बढी चर्चा र बिरोध भने एमसीसी सम्झौता बनेको छ । पार्टीका केन्द्रीय सदस्यहरूले एलायन्स नै बनाएर यसको बिरोध गरिरहेका छन् ।

त्यतिमात्र होइन केन्द्रीय समितिमा एमसीसी पारित नगर्ने पक्षमा बहुमत जुटेपछि नेतृत्वलाई गलाको पासो बनेको छ ।

केन्द्रीय सदस्यहरुलाई १५ समूहमा विभाजन गरी समूहगतरुपमा छलफल चलिरेको छ । यी १५ समुहको बैठक पार्टी मुख्यालय धुम्बाराही, राष्ट्रियसभागृह र पेरिसडाँडामा चलिरहेको छ ।

हिजोको बैठकमा बोल्ने अधिकांश केन्द्रिय सदस्यहरुले अमेरिकी सहयोग नियोग मलेनियम च्यालेन्ज कर्पोरेशनको चर्को आलोचना गरेका छन् ।

उनीहरुले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारले सैन्य रणनितिअन्तर्गत आएको सहयोग स्विकार गर्न नहुने बताएका थिए ।

नेपालको संसदबाट यथास्थितीमा यो विधेकय पारित गर्न नहुने उनीहरुको मत छ ।

अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन र महासचिवको सांगठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नेक्रममा केन्द्रिय सदस्यहरुको खुलेरै एमसीसीको विरोध गरे ।

शिर्ष नेताहरुले भने एमसीसीको विषय बढी नउचाल्न आग्रह गर्दै पार्टीका प्रभावशाली नेताहरुसँग व्यक्तीगत छलफल तीब्र पारेका छन् ।