एमसीसी पास गराउन बालुवाटारमा रात्रिभोज - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

एमसीसी पास गराउन बालुवाटारमा रात्रिभोज



काठमाडौं- नेकपाभित्र एमसीसीप्रति जनमत घट्दै गैरहेको बेला प्रधानमन्त्री ओलीले भने बालुवाटारमा भोजको आयोजना गरेका छन् ।

जसरी पनि एमसीसी पास गर्ने अडानमा रहेका प्रधानमन्त्रीले आइतबार साँझ सांसदहरूलाई भोजको निम्ता गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूलाई बालुवाटारमा भोज खुवाउने भएका हुन् ।

प्रधानमन्त्रीले मिलेनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) का विषयमा सांसदहरूसँग परामर्शका लागि रात्रिभोजको आयोजना गरेको बताइएको छ ।

भोजमा आउन नेकपा सांसदलाई एसएमएस मार्फत निम्तो गरिएको छ ।

म्यासेजमा लेखिएको छ-

२०७६/१०/१९ गते साँझ ६ बजे पिएमनिवास बालुवाटारमा रात्रिभोज आयोजना गरिने भएको हुँदा उपस्थितिका लागि अनुरोध गरिन्छ। ह्विप। सिपिएन।