एमसीसी बाँदरको घाउजस्तै
गोरखा– गोरखा निर्वाचन क्षेत्र नं. १ का साँसद हरीराज अधिकारीले एम.सी.सीलाई बाँदरको घाउको संज्ञा दिएका छन् ।
यस बारेमा संँसदमा कुनै जानकारी छैन । ‘बाँदरको घाउ जस्तै हल्लैहल्ला भएको छ , यसलाई जति चलायो त्यति फैलदै जान्छ , उनले भने । देशको विकास न्यायिक र न्यायपूर्ण हुनुपर्ने उनले बताए ।
जिल्लाको भीमसेन थापा गाउँपालिका बोर्लाङ स्थित सरस्वति माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा नेता अधिकारीले मंगलबार सो कुरा बताएका हुन ।
संघीय संसदमा सभामुखको विषयलाई लिएर विभिन्न प्रकारका टिकाटिप्पणी भईरहेका बेला नेकपा संगठन विभागका सदस्य समेत रहेका नेता अधिकारीले भने ,प्रतिनिधि सभाको सभामुख नेपाल कम्युनिष्ट पार्टीबाट हुन्छ अन्य पार्टीको हुँदैन । सभामुख चयनका लागि उपसभामुखले राजीनामा गर्नुहुन्छ यसलाई ठूलो कुरा बनाईरहनु पर्दैन ।
स्थानीय तहमा भ्रष्टचार भयो भनेर संघीयता र गणतन्त्रलाई कमजोर बनाउन खोजिएको तर्फ इंगित गर्दै यस्ता षड्यन्त्रहरुलाई पर्दाफास गर्नुपर्ने बताए । संघीय राज्य प्रणाली स्थापनासँगै देश र जनताले नयाँ अनुभूति गरेको उनको भनाई छ ।
निम्न स्तरका ग्रामिण क्षेत्र र त्यहाँका जनताका जनजीवन सहज बन्न नदिन स्थानीय तहमा भ्रष्टचार भयो भनेर कराउन षडयन्त्रकारीहरु लागेको अधिकारीले बताए ।
बुढीगण्डकीको मुअब्जाका कुराहरु टुङ्गिएको बताउँदै नमिलेका कुराहरु मिलाउँदै जाने अधिकारीले स्पष्ट गरेका छन् ।
राजनीति विन कुनै पनि कुरा अस्तित्वमा नरहने बताउँदै कसैलाई पनि राजनीतिबाट विमुख गराउन नहुने उनको भनाई थियो ।