बाबुराम भन्छन: मासिने बेलामा कमिलाको पखेटा लाग्छ
काठमाडौं- पूर्व प्रधानमन्त्री तथा नवगठित जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले मासिने बेलामा कमिलाको पखेटा लाग्ने टिप्पणी गरेका छन्।
रेडियो नेपालको वेबसाइटबाट आफ्नो अन्तर्वार्ताबारे माफी मागेको र अन्तर्वार्ता हटाइएको प्रसंगमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
भट्टराईले ट्विट गरेका छन्, ‘मासिने बेलामा कमिलाको पखेटा लाग्छ रे ! रेडियो नेपालले मेरो अन्तर्वार्ता लिएवापत ओलीतन्त्रले उसलाई क्षमायाचना गर्न र अब उप्रान्त अतिथिहरू चयन गर्दा सचेत रहने भन्ने वाचा गर्न लगाएछ । पञ्चायतकालको अन्तिम दिन सम्झाउने यो हर्कत ओलीतन्त्रमा पलाएको पखेटा नै हैन त ?’ ।
रेडियो नेपालबाट प्रशारित लाइभ अन्र्तार्वामा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भष्मासुर भनेका थिए। त्यसप्रति रेडियो नेपालले दुःखमनाउ गर्दै क्षमायाचना गरेको छ र अब आइन्दा अतिथि चयनमा सावधानी अपनाइने बताएको छ।