माओवादी केन्द्रबाट बीना मगर र पम्फा भुसाल मन्त्री बन्ने पक्का - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

माओवादी केन्द्रबाट बीना मगर र पम्फा भुसाल मन्त्री बन्ने पक्का



काठमाडौं– माओवादी केन्द्रबाट दुई महिला मन्त्री बन्ने लगभग पक्का भएको छ। माओवादी केन्द्रबाट बीना मगर र पम्फा भुसाल मन्त्री बन्ने भएका हुन्। उनीहरुले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन।

माओवादी ७ मन्त्रालय पाउने भएको छ। माओवादीबाट सरकारको नेतृत्व रामबहादुर थापा बादलले गर्नेछन्। माओवादी केन्द्रले शनिबार बेलुकासम्म मन्त्रीको नामावली प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझउने तयारी गरेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार मन्त्री बिस्तार हुने बताएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रमा १७ वटा मन्त्रालय रहने निर्णय गरेको छ।