माओवादी केन्द्र सरकारबाट 'ब्याक' हुने: यस्तो छ तयारी - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

माओवादी केन्द्र सरकारबाट ‘ब्याक’ हुने: यस्तो छ तयारी



काठमाडौँ- नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

सरकारलाई दिएको समर्थन एक दुई दिनमै फिर्ता लिने तयारी पार्टीले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । शीर्ष नेताको बैठक बसेर समर्थन फिर्ता लिनेबारे टुंगोमा पुगिने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

उनका अनुसार यसै विषयमा छलफल गर्न माओवादीका शीर्ष नेताको बैठक बस्दै छ । समर्थन फिर्ता लिने विषयमा आज बिहान पनि एक चरण छलफल भएको थियो । आज दिउँसो पनि छलफल गरेर एक दुई दिनमै टुंगो लगाउने बताइएको छ ।

सत्ता समीकरणका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजावादीका नेता डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए ।