माओवादीले बोलायो बैठक: सरकार परिवर्तनको खेल शुरू - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

माओवादीले बोलायो बैठक: सरकार परिवर्तनको खेल शुरू



काठमाडौं- नेकपा माओवादी केन्द्रले स्थायी कमिटि बैठक डाकेको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयन सरकार गठनका लागि रणनीति बनाउन बैठक बोलाएको बताइएको छ।

नयाँ सरकार बनाउने परिपक्क समय बन्दै गएकाले पार्टीले सोहीअनुसार निर्णय गर्ने एक नेताले बताए । आइतबार पार्टी स्थायी समितिको बैठक बोलाइएको छ ।

नेपाली काँग्रेसले ओली सरकार ढाल्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल थालेपछि माओवादीले काँग्रेससहित जसपासँग सत्ता सहकार्य गर्न अभियान थालेको छ ।

आइतबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको छ । आजै सरकार छाड्ने निर्णय लिने नेताहरूको दाबी छ ।
शनिबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनबारे घनिभूत छलफल थालिने उद्घोष गरेका थिए ।

शनिबार कपिलवस्तुमा आयोजित पार्टीको जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले घनिभूतरुपमा छलफल अगाडि बढाउने बताएका हुन् । सम्भवत छिट्टै नयाँ सरकार बन्ने प्रचण्डको दाबी छ । उनको भनाइ छ, ‘नयाँ परिस्थिति बन्ने छ । सम्भवत छिट्टै नयाँ सरकार बन्नेछ ।’ यस्तै प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको निर्णयबाट देशको राजनीतिले कोल्टे फेरेको पनि दाबी गरेका छन् ।