चार मन्त्रीको पद खोसिँदै: आजै घोषणा हुने - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

चार मन्त्रीको पद खोसिँदै: आजै घोषणा हुने



काठमाडौं- नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका चार मन्त्रीहरू पदमुक्त हुने भएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनीहरूको पद खारेज भएको घोषणा हुने भएको छ ।

संसद बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको घोषणा गर्ने संसद सचिवालयले तयारी गरेको बुझिएको छ ।

माओवादी केन्द्रले सोमबार संसद सचिवायलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएको थियो ।

यी चारैजना अहिले मन्त्री छन् । सांसद पद खारेज भएपछि उनीहरुको मन्त्री पद स्वतः जानेछ ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले यसको जानकारी पठाएसंगै राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् ।