मन्त्रालय भागवण्डा नमिल्दा वार्ता असफल - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मन्त्रालय भागवण्डा नमिल्दा वार्ता असफल



काठमाडौं । नेकपा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीच भएकाे वार्ता विफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बिहानदेखि भएकाे वार्ता दुर्इ पक्षबीच मन्त्रालय भागवण्डा नमिल्दा असफल भएकाे हाे ।

वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र फोरमका अध्यक्ष उपेन्द्र यादव बीच सरकार विस्तार र संविधान संशोधनका बारे छलफल भएकाे थियाे ।

फाेरमले ३ मन्त्री मागेपछि कुरा नमिलेकाे वार्तामा सहभागी एक नेताले जानकारी गराए । बालुवाटार स्राेतका अनुसार वाम गठबन्धनले फाेरमलार्इ एक मन्त्री र एक राज्यमन्त्री दिने याेजना बनाएकाे थियाे । तर छलफलमा फाेरमले दुर्इ मन्त्री र एक राज्यमन्त्री मागेपछि वार्ता निश्कर्षविहीन भएकाे हाे ।

फाेरमले राखेकाे संविधान संशाेधनकाे प्रस्तावमा भने वामगठबन्धन सकारात्मक भएकाे छ ।