दीपक मनाङेले झापड हानेका मिलन गुरूङ पनि पक्राउ - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

दीपक मनाङेले झापड हानेका मिलन गुरूङ पनि पक्राउ



काठमाडौं- सांसद दीपक मनाङेले झापड हानेका मिलन गुरूङलाई पनि प्रहरीले पक्राउ गरेको छ।

ठगी तथा बैंकिङ कसुरको जाहेरी परेपछि गुरूङलाई शुक्रबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।

गुरूङविरूद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी र बैंकिङ कसुरको जाहेरी परेको थियो। जाहेरी परेपछि मिलनलाई बिहीबारै प्रहरीले अदालतसँग पक्राउ अनुमति मागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, ठगी र बैंकिङ कसुरमा विभिन्न व्यक्तिले जाहेरी दिएका छन्, त्यसैको अनुसन्धान सिलसिलामा उनलाई पक्राउ गरिएको हो ।

गुरूङ एन्फा कास्कीका अध्यक्ष हुन् भने उनलाई सांसद मनाङेले मंगलबार झापड हानेका थिए।

यता, मनाङेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले शुक्रबार मनाङेलाई दुई दिन थुनामा राख्न अनुमति दिएका हुन्।

मनाङेविरूद्ध प्रहरीले केही सार्वजनिक अपराध अन्तर्गत अनुसन्धान गरिरहेको छ।