मलाइ शङ्का छ कतै प्रधानमन्त्रीको कुर्सीमा एच आइ भी त छैन ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मलाइ शङ्का छ कतै प्रधानमन्त्रीको कुर्सीमा एच आइ भी त छैन ?



बाबु रोका मगर

नेपालको इतिहासमा हरेक दस वर्षको अन्तरालमा कुनै न कुनै परिवर्तन आएकै हुन्छ । १९९७, २००७, २०१७, २०२७, २०३६, २०४६ त्यसपछि २०५८ बाट लगातार परिवर्तन नै परिवर्तन आएकाछन । धेरै पुरानो इतिहासतिर नगइ सङ्घीय लोकतान्त्रिक गणतन्त्र सन २००८ देखि सुरु भएको २०१८ सम्म १२ जना प्रधानमन्त्री बनिसकेका देख्ने तपाईँ हामी सबै साक्षी छौँ नेता मन्त्रीहरू कति परिवर्तन भए तर दुखको कुरा व्यवस्था परिवर्तन हुन सकेन । १२ प्रधानमन्त्री मध्य फेरि दोस्रोपटक केपी ओली ले भर्खरै प्रधानमन्त्री पद ग्रहण गरेका छन् यो भन्दा पहिलोपटक प्रधानमन्त्री हुँदा हावादारी कुरा गर्ने उखाने मन्त्री र देसभक्ती मन्त्री सम्म भनेर ट्याग भिराइदिएका नेपाली जनताहरूले अब ओली लाई फेरि एक पटक अवसर दिएकाछन हेरौँ ओलीको घरघरमा ग्यासको पाइप र हावाबाट बिजुली नेपाली जनताहरूले कत्तिको उपयोग गर्न पाउनेछन् हकिकत देख्ने समय आएको छ ।

म प्रधानमन्त्री के पी ओली ज्यूलाई शुभकामना सहित यो अनुरोध गर्न चाहन्छु कि अब नेपाली जनताहरूले देखेको सपना र ओली माथि रहेको भरोसा कहिकतै डगमगाउने छैन ।

मन्त्री बनिसकेपछी आफ्नो जिम्मेवारीबाट किन पछि हट्छन् हाम्रा माननीय मन्त्रीहरू? यो कुरा मेरो लागि शङ्काको विषय बनेको छ ? म हरेक पल यही सोच्छु कि त्यो कुर्सीमा के चिज छ त्यस्तो? न सम्हाल्न सक्ने न फ्याक्न सक्ने ? या यो हुन सक्छ कि उनीहरूमा देश हाँक्न सक्ने खुबी अर्थात् हिम्मत छैन या प्रधानमन्त्री को कुर्सीमा एच आइ भी एड्स को भाइरस हुनुपर्छ? भाइरस नहोस् पनि कसरी ? त्यो कुर्सीमा बसेपछि मन्त्रीहरू बिरामी पर्छन् अनि उपचारको लागि विदेश धाउछन यसको मत्लब यो पनि हुन्छ कि नेपाली डक्टरहरू माथि मन्त्रीहरूले विश्वास गर्दैनन् ।

के इज्जत रह्यो र त्यो कुर्सी को? रोगी नेताहरूले एउटा कुर्सी कै निम्ति यसरी दुनियाँ लाई नाङ्गो नाच देखाइरहेका छन् पालैपालो कुर्सीको इज्जत लुटिरहेका छन् यसरी कुर्सी लाई एक या एक भन्दा बढीले प्रयोग गर्दा एच आइ भी सङ्क्रमण नभएको होला भन्न सकिन्न होइन भने कुर्सीमा बसेपछि कुनै काम गर्न नसक्ने त्यस्तो के आपत्ति छ र ? फेरि पनि तपाईँ हामी जनता उनीहरूको चर्तिकला हेर्दै मौन भएर बसेका छौ ।

हामी देशका जनताहरूले देशप्रति गद्दारि गर्नेहरुलाइ उचित दण्ड सजाय दिन सकेका छैनौँ त्यति मात्रै नभएर उल्टै उनीहरूकै सामाजिक प्रतिष्ठा बढाउने काममा लागिरहेका छौँ गल्ती त हामी आफै पनि गरिरहेका छौ नि? जबसम्म तपाईँ हामी जनताहरूले इमान्दारी ब्याक्तिहरुलाइ सम्मान र देश प्रति गद्दारी गर्नेहरुलाइ अपमान गर्न सक्दैनौँ तबसम्म देशमा यस्ता घिनौना खेलहरू रोकिने छैन हामी जनताहरूको मौनताले नै भ्रष्टाचारलाई बढाइ रहेको छ त्यसैकारण राजनीति दुषित बन्दै गएको छ जब राजनीति दुषित हुन्छ तब देशभक्त आवाजको बिगुल फुक्छ ।

हामी नेता मन्त्रीहरूबाट आशा बाहेक अरू केही चाहना राखेका छैनौ अब फेरि आशा गरौँ कि नेपालमा अब केही नयाँ हुनेछ भन्ने काम कुरा लाई मध्यनजर राख्दै मन्त्री मन्डलहरुले सर्वप्रथम त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट प्रत्येक दिन १४ सयको दरमा विदेश पलायन हुने युवाहरूलाई रोक्न सकस उजाड अनि रित्तो नेपालमा फेरि हराभरा छाओस् हामी धेरै हिँड्यौ विदेशमा अब पालो हाम्रो हो बिदेशिहरुलाई विजा लगाएर नेपालमा काम गराउने | किनकि यो मेरो मात्रै आव्हान होइन यो देशको आव्हान हो माटोको आव्हान हो अनि तपाइहामि जस्ता देशप्रेमी देशभक्तिहरूको आव्हान हो । “जय देशभक्त आवाज”

लेखक:नेपाल पत्रकार महासङ्घ भारत शाखाका केन्द्रीय सदस्य अनि नेपाली देशभक्त आवाजका संस्थापक हुन ।