मकाउ तामाङ् घेदुङद्वारा मृगौला पीडित सन्तोली (एलिजा) जिम्मालाई आर्थिक सहयोग। - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

मकाउ तामाङ् घेदुङद्वारा मृगौला पीडित सन्तोली (एलिजा) जिम्मालाई आर्थिक सहयोग।



कर्ण अधिकारी।

शरीरको दुवै मृगौला फेल भएर जीवन मरणको दोसाँधमा जीवन जिउँदै गरेकी १९ बर्से युवती सन्तोली जिम्मालाई मकाउ तामाङ घेदुङ्ले आईसी ४३३४२ रूपये(एच केडी ५५००) सहयोग गरेको छ।

हाल जिम्मा भारतको ईमादर हस्पिटलमा उपचार गराई रहेकी छिन।आर्थिक अवस्था नाजुक भएको र उपचारमा धेरै रकम लाग्ने जनाए पछि मृगौला पीडितले स्वदेश तथा विदेशमा रहेका नेपाली भाषीहरूसँग अनुरोध गरेकै कारण मानवीय हिसाबले पनि सहयोग गर्नु पर्छ भन्ने उदेश्यका साथ सहयोग गरिएको भन्नु हुन्छ मकाउ तामाङ घेदुङका अध्यक्ष दोर्जे तामाङ।मकाउ तामाङ् घेदुङले चाहे स्वदेशी होस,चाहे विदेशी नै किन नहोस् दु:ख परेको समयमा आर्थिक सहयोग गर्दै आएको छ।जातीय संस्था भए पनि सामाजिक सेवामा पनि त्यति नै सक्रिय रहेको छ मकाउ तामाङ् घेदुङ।