मकाउ राष्ट्रिय भलिबल टिमलाई नेपाल राष्ट्रिय भलिबल टिमले हरायो। - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

मकाउ राष्ट्रिय भलिबल टिमलाई नेपाल राष्ट्रिय भलिबल टिमले हरायो।



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

हंगकंग राष्ट्रिय भलिबल टोलीसंग दुबै खेलमा बिजय हासिल गरेको नेपाल राष्ट्रिय भलिबल टोलीले मकाउको राष्ट्रिय टोलीलाई पनि हराउदै बिजय हासिल गरेको छ ।दुई देश बीच भएको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय टोलीले खेल तीन सेटमै टुंग्याएको थियो।ताईपा स्थित मकाउ युनिभर्सिटी स्पोर्ट्स सेन्टरमा भएको खेलमा नेपाली टोलीले मकाउविरुद्ध २५–१३, २५–१७, २५–१७ ले खेल आफ्नो पक्षमा पारेको थियो।नेपाल सामु मकाउका खेलाडी कम्जोर साबित भएको थियो।सयौको संख्यामा मकाउमा कार्यरत रहेका नेपालीहरू र बिभिन्न संघ संस्थाको प्रतिनिधिहरूको उपस्थितिका कारण पनि खेलाडीहरूमा हौसला छाएको थियो।नेपाल र मकाउ बीचको मैत्रीपूर्ण भलिबल खेल गराउनका लागि संयोजकको भुमिका निर्बाह गरी समन्वय गर्नु हुने बिगत लामो समय देखि मकाउ जेल गार्डमा कार्यरत रहनु भएका नेपालको पूर्ब राष्ट्रिय भलिबल खेलाडी एवं सन २००२ देखि मकाउको राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरी बिभिन्न देश गएर खेल खेलि सकेका मधुकर थापाकै पहलमा मैत्रीपूर्ण खेल भएको हो।

नेपाली खेलाडीहरूलाई मकाउमा स्वागतका लागि गैर आबासीय नेपाली संघ मकाउका अध्यक्ष शान्तिदेवी अधिकारी, कार्य समितिका पदाधिकारहरू,पश्चिमेली समाज मकाउका अध्यक्ष पदम सिंह पन्त लगाएतका नेपाली दाजुभाई तथा दिदी बहिनीहरू मकाउ फेरी सेन्टरमा पुगेका थिए।खेलाडीहरूलाई स्वागत तथा लन्चको ब्यबस्था नेपाली जनसम्पर्क समिति मकाउले मकाउ बिजीकरी रेष्टुरेन्टमा गरेको थियो भने डिनरको ब्यबस्था गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउले गरेको थियो।उक्त कार्यक्रममा मायाको चिनो भनेर उपहार समेत दिएका थिए।लन्चमा नेपाली जनसम्पर्क समितिका सभापति लेख बहादुर गुरूङ्,संस्थापक सभापति अम्बिर जोशी लगाएत कार्य समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।आफ्ना प्रिय खेलाडीहरूलाई मकाउको सम्झना स्वरूप पश्चिमेली समाज मकाउका अध्यक्ष पन्तले स्पोर्ट सुज बितरण गरेका थिए।