महोत्तरीको क्वारेन्टाइनबाट भारतीयहरू भागे - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

महोत्तरीको क्वारेन्टाइनबाट भारतीयहरू भागे



जनकपुर- महोत्तरीमा क्वारेन्टाइनमा रहेका ३ जना फरार भएका छन् । महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर १ बखरीस्थित रामानन्द विशेश्वर महेन्द्र क्याम्पसमा रहेको क्वारेन्टाइनबाट ३ जना बुधबार बिहान फरार भएका हुन् ।

सोमबार क्वारेन्टाइनमा राखिएका उनीहरु बुधबार बिहान साढे ५ बजे फरार भएको स्वास्थ्य शाखाका अधिकृत सञ्जयकुमार शर्माले जानकारी दिए ।

क्वारेन्टाइनबाट भागेकाहरु भारतको सितामढी निवासी २१ वर्षीय, ३० वर्षीय र ३९ वर्षीय पुरुषहरु रहेको उनले बताए । २४ औँ घण्टा २ जना सुरक्षाकर्मी र नगर प्रहरीको निगरानीमा रहदैँ आएको सो क्वारेन्टाइनबाट योजना तरिकाले उनीहरू भागेको उनले बताए ।

क्वारेन्टाइनबाट ३ जना फरार भएपछि बाँकी १८ जनामाथि कडा निगरानी बढाइएको छ । फरार भएका सहित मंगलबारसम्म त्यहाँ २१ जना क्वारेन्टाइनमा बस्दै आएका थिए ।

फरार भएकाहरुको खोजी कार्य तिव्ररुपमा जारी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।