सहस्यमय तरिकाले महोत्तरीमा ११ जनाको ज्यान गयो: स्वाब परीक्षण हुँदै - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

सहस्यमय तरिकाले महोत्तरीमा ११ जनाको ज्यान गयो: स्वाब परीक्षण हुँदै



काठमाडौं- महोत्तरीमा अज्ञात रोगको कारण थप दुई जनाकाे मृत्यु भएकाे छ। याेसँगै थाहै नभएकाे राेगका कारण मृत्यु हुनेकाे संख्या ११ पुगेको छ।

शनिबार बर्दिवास-१२ स्थित इटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापति र भंगाहा-६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि अज्ञात रोगबाट मृत्यु हुनेको संख्या ११ पुगेको हो।

मृत्यु हुनेमा बर्दिवास–१२ का चार, भङ्गाहा–७ का छ र भङ्गाहा–६ का एक रहेका सो कार्यालयले जनाएको छ ती तीनै वडाका बस्ती एकअर्कासँग जोडिएका छन् ।

यसैबीच जिल्ला प्रहरी कार्यालयले मृतकमध्ये दुईको कोभिड–१९ सङ्क्रमण हो/होइन यकिन गर्न स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि प्रयोगशाला पठाइएको जनाएको छ ।

कोरोना हो वा होइन भन्ने स्वाबको रिपोर्ट आएपछि मात्र थाहा लाग्ने बताइएको छ ।