अछाममा कोरोनाको आशंका गरिएकी महिलाको मृत्यु
अछाम- कोरोनाको आशंकामा जिल्ला अस्पताल अछामको आईसोलेशन वार्डमा भर्ना गरिएका एकजना महिलाको मृत्यु भएको छ ।
वैशाख १५ गते बिरामि भएर आईसोलेशन वार्डमा भर्ना गरिएका मंगलसेन नगरपालिका ५ निवासी ५१ वर्षका एक महिलाको बिहिबार बिहान मृत्यु भएको हो ।
कोरोनाभाईरसको सामान्य लक्षण ज्वरो आउने, खोकी लाग्ने संकेत देखिएपछि आईसुलेशन वार्डमा उपचार सुरु गरिएको डा शरदचन्द्र बरालले बताए ।
यसअघि जिल्ला अस्पतालमा द्रुत परीक्षण विधिबाट जाँच गर्दा कोरोना नभएको पाइएको उनले बताए । स्वाब संकलन गरि सुर्खेत पठाईएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगाँनाले बताए ।