महेश बस्नेत लगायत पाँच जना पार्टीबाट निस्काशित - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

महेश बस्नेत लगायत पाँच जना पार्टीबाट निस्काशित



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल पक्षले पार्टीको संसदीय दलका उपनेतासहित पाँच जनालाई पार्टीबाट निस्कासन गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सांसद विशाल भट्टराई, केन्द्रीय सदस्यहरु महेश बस्नेत, निरु पाल, र संसदीय दलकी सचेतक शान्ता चौधरीलाई पार्टीबाट निष्काशित गरेको स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए।

भट्टराईलाई ओलीले संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका छन्। प्रमुख सचेतक देव गुरुङलाई हटाएर ओलीले भट्टराईलाई नियुक्त गरेका थिए।