महरा काण्ड: अदालतले किन बोलायो सबैलाई ? - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

महरा काण्ड: अदालतले किन बोलायो सबैलाई ?



काठमाडौं- जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएका पूर्वसभामुख कृष्णबहादुर महराको अन्तिम सुनुवाइ सुरु भएको छ।

काठमाडौं जिल्ला अदालतमा आइतबार भएको सुनुवाइपछि सरकारी साक्षीलाई वकपत्रका लागि उपस्थित हुन आदेश भएको छ।

संसद् सचिवलायकी कर्मचारीमाथि जबर्जस्ती प्रयास गरेको अभियोगसहित सरकारी वकिलले महरालाई ७ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्तिको मागसहित अदालतमा मुद्दा चलाएको छ। आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले घटना भएको दिन गत असोज १२ गते रोशनी शाहीको डेरामा महरासँग पुगेका प्रहरी, महानगरीय प्रहरी बानेश्वर वृत्तका प्रहरी, विधि विज्ञान प्रयोगशालाका विज्ञ र पीडितको उपचारमा संलग्न चिकित्सकलाई सरकारी साक्षीका रुपमा बकपत्रका लागि डाकेको हो।

उनीहरुले साक्षी बकपत्र गरेपछि महराका साक्षीहरुको बकपत्र हुने छ।