दाङमा महरालाई अविर जात्रा, भब्य स्वागत र सम्मान - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

दाङमा महरालाई अविर जात्रा, भब्य स्वागत र सम्मान



दाङ – पूर्वसभामुख कृष्णबहादुर महराले आफूलाई नियतवश फसाइएको बताएका छन् ।

महराले आफूमाथि लागेको आरोप निराधार भएकाले जेलमुक्त भएको बताउँदै न्यायालयप्रति आफ्नो अझै सम्मान बढेको बताएका छन् ।

जेलमुक्त भएपछि मतदाता भेट्न गृहजिल्ला दाङ पुगेका महराले आफु तीन महिनाको भुमरिबाट बाहिर निस्कन सफल भएको भन्दै आफुलाई षड्यन्त्र गर्ने गिरोह अझै पनि सक्रिय रहेको बताएका छन् ।

सोमबार काठमाडौंबाट दाङ पुग्ने क्रममा भालुबागङमा समाज र दंगाली जनताहरुले बाजागाजा,अबिर, खादा र मालाले भब्य स्वागत गरेका थिए ।

सो अवसरमा पुर्ब सभामुख महराले आफुलाई सहयोग गर्ने, शुभेच्क्षा प्रकट गर्ने सबैलाई धन्यवाद प्रकट गरेका थिए ।

महराले आफ्नो जीत नै जनताको जीत भएका बताए । उनले भने, ‘मेरो जीत नै जनताको जीत हो, जनताको माया, सुभेक्षा, सम्मानले गर्दा नै मेरो जीत भयो ।’

उनले जनताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाए । उनले बिगतमा पनि सधै देशकै लागि लडेको र आगामी दिनमा पनि देशकै लागि लड्ने बताए ।

‘नेपालको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वतन्त्रता, नेपालको सर्वभौमसत्ता रक्षा गर्ने मेरो कर्तव्य हो’, उनले भने, ‘त्यसकालागि म सधै लडिरहनेछु ।’

महराले यो घटनाबारे आफु अहिले केही नबोल्ने भन्दै आफु मतदाताहरु भेट्न निर्वाचन क्षेत्रमा जान लागेको बताए ।

पूर्वसभामुख महरालाई गृह जिल्ला दाङका विभिन्न स्थानहरुमा भब्य स्वागत र सम्मान गरिएको छ । महरालाई दाङको लालमटिया, सिसहनिया, लमही र घोराहीमा नागरिकहरुले भव्य स्वागत गरेका थिए ।