महानगरपालिकाको निर्देशन: अर्को सुचना जारी नभएसम्म विद्यालय बन्द गर्नु - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

महानगरपालिकाको निर्देशन: अर्को सुचना जारी नभएसम्म विद्यालय बन्द गर्नु



काठमाडौं- काठमाडौं महानगरपालिकाले अर्को सुचना जारी नभएसम्म वा कम्तिमा एक साता संक्रमण देखिएका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड १९ को जोखिमलाई ध्यान दिदै महानगरपालिकाले त्यस्तो विद्यालयलाई अर्काे सूचना जारी नभएसम्म वा कम्तीमा एक साता विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाई गर्नु गराउनु हुन आग्रह गरेको हो ।

महानगरपालिका प्रमुख स्तरको वैशाख २ गतेको निर्णय अनुसार कोभिड १९ संक्रमणको बढ्दो क्रम देखिएकाले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्काे सूचना नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी वैकल्पिकब माध्यमवाट शिक्षण सिकाई गर्नु गराउनु हुन महानगरले आग्रह गरेको हो ।

तर त्यस्तो अवस्था नभएका विद्यालयहरुले सामाजिक दुरी कायम गर्न , मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रासँग हात धुने÷सेनिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्इ तथा जनसंख्या मन्त्रालयवाट विगतमा जारी गरिएका मापदण्डहरुको कडाईका साथ पालना गरी अभिभावकहरु समेतको सहमतिमा विद्यालय सञ्चालन गर्नु गराउन महानगरपालिकाले भनेको छ ।

महागरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीको हस्ताक्षरमा महानगरपाकिलाले सवै विद्यालयलाई पत्र पठाउँदै त्यस्तो आग्रह गरेको हो ।