माधव नेपालले थाले परामर्श: प्रचण्डबाट धोका भएको निस्कर्ष - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

माधव नेपालले थाले परामर्श: प्रचण्डबाट धोका भएको निस्कर्ष



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकट गहिरिइसकेको थियो । उनी सम्झौताका लागि बामदेव गौतमलाई प्रधानमन्त्री र माधवकुमार नेपाललाई तेस्रो अध्यक्षको प्रस्ताव सम्म गर्न पुगेका थिए । यतिसम्मकी बागमती प्रदेश र गण्डकी प्रदेशको मुख्यमन्त्री फेरि माधव नेपाल निकटकालाई दिन तयार भइसकेका थिए ।

रिपोर्टस नेपालका अनुसार बामदेवको साथका बाबजुद प्रचण्डबाट साथ पाए ओलीलाई ढाल्न सक्छु भन्ने माधव नेपालको आँट बनिसकेको थियो । तर, अन्तिम समयमा पुष्पकमल दाहालले नै ओलीलाई साथ दिए । अहिले आफूमाथि धोका भएको भन्दै नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल निकटस्थसँग बसेर कोटेश्वरमा समिक्षा गर्न थालिसकेका छन् ।

स्रोतका अनुसार माधव नेपालले प्रचण्डबाट किन धोका भयो ? भनी खोज्न थालेका छन् । उनले प्रचण्डमाथि आशंका गरेका छन् । प्रचण्डलाई नेकपा बैठकको एजेन्डा प्रस्तुत गर्न सक्ने अधिकार दिइएको छ । यसमा सबै शक्ति लेनदेन भएको बुझाई नेपाल पक्षको छ ।

ओली गलिसकेको अवस्थामा केही कार्डले काम गरेको छ । बामदेवलाई प्रधानमन्त्री बनाउने कार्ड बलियो भयो । यसले प्रचण्डलाई समेत सतर्क बनायो । यसैबीच अदालतबाट अकस्मात सुचना आयो । द्धन्द्धकालको मानवअधिकार हननको गम्भीर मुद्दामा आममाफी दिन नमिल्ने फैसला आयो ।

प्रचण्डका केही विश्वासपात्र नै ओलीको पक्षमा उभिएको देखिनथाल्यो । ओली हटाउन हुँदैन भन्न थाले । लेखराज भट्ट, टोपबहादुर रायमाझी र दिनानाथ शर्माले पनि सार्वजनिक रुपमा बोले । यी बोलीहरु अर्थपूर्ण थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता पनि बढ्यो । भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्ता गरिन् । यता ओली दिन बिराएर शितलनिवास छिर्न थाले । भण्डारीले भित्री रुपमा ओली र प्रचण्डबीच मध्यस्थकर्ताको भूमिका निभाएको चर्चा चलिरहेको छ ।

शनिबारको सहमतिपछि वरिष्ठ नेता झलनाथ खनाल पनि दंग छन् । अब ओलीको राजीनामा मागिदैन भन्न थालेका छन् । बामदेव बोल्न छाडेका छन् । उनको ध्यान पाल्पा १ बाट प्रतिनिधिसभा सदस्य बन्ने रहेको छ ।

माधवकुमार नेपाल भने यसपटक एक्लाइए । शुरुमा ओलीलाई औंला ठड्याउने उनी नै थिए । तर, भैंसेपाटीस्थित बामदेव गौतमको निवासमा बनेको योजना त्यसै तुहिएको छ । ओलीलाई सत्ताबाट हटाउन एकढिक्का भएको प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेवको समूह यताउता पुगेको छ ।

अब २५ वैशाखमा बस्ने स्थायी कमिटि बैठकले धेरै तथ्यहरु खुलाउन सक्छ । को कता सबै यथार्थ बाहिर आउनसक्छ । कस्ले कसलाई कसरी धोका दियो विषय उठान पनि हुनसक्छ ।