माधव नेपाल झनै आक्रोशित - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

माधव नेपाल झनै आक्रोशित



काठमाडौं- नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली आफैँमा समस्या भएको बताएका छन्।

नेता नेपालले उनले भने, ‘केपी ओली समाधान होइनन्। उनी समस्या मात्रै हुन्। उनको इतिहास हेर्ने हो भने न आन्दोलन न संगठन गरेको मान्छे होइन।’ अदालतको निर्णय हामीले मान्नुपर्ने भएकाले अदालतको निर्णयमा सहमति नभएको बताए।

‘ओलीसँग एकताको त्यान्द्रो भनेका अब २०७२ जेठ २ गतेको फर्किनुहुन्छ भने मात्रै ओलीसँग एकता सम्भव छ’ उनले भने, ‘तर, केपी ओली मान्नुहुन्छ जस्तो लाग्दैन।’

पार्टीबाट कारबाही गर्दै गएपछि आन्दोलन अगाडि बढाउनको लागि संगठन विस्तार गरेको बताए। ओलीले गरेको कारबाहीको कुनै अर्थ नभएको समेत बताए।

‘अदालतको फैसलाप्रति हाम्रो सहमति छैन। त्यसैले माओवादीले गरेको पुनरावलोकन कार्य राम्रो छ। त्यसमा हाम्रो समर्थन छ’ उनले भने, ‘कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिने छैनौँ। एमालेको चैत ४ र ५ गतेको राष्ट्रिय भेलाले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गराउने निष्कर्ष निकालिसकेका छौँ।’

कम्युनिस्ट आन्दोलनलाई ओलीले धरासायी बनाउन खोजेको आरोप लगाए।

‘कम्युनिस्ट आन्दोलन धरासायी बनाउन चाहनेहरुले विद्यार्थीले पढ्ने हो? भन्छन्। विद्यार्थीको मुख्य काम अध्ययन गर्ने हो। विद्यार्थीलाई ज्ञान र सीपले तान्ने हो’ उनले भने,‘कम्युनिस्ट आन्दोलनको रक्षाको लागि नेपाललाई समाजवादी दिशामा लान चाहान्छौँ।’

सामाजिक र सामाजिक र आर्थिक क्रान्ति आजको आवश्यकता भएको दाबी गरे। संगठन र जनताको समस्या बुझ्नको लागि पनि आफूहरु उत्कृष्ट हुनुपर्ने बताए।

‘हाम्रो क्रान्ति जारी छ। सामान्य आन्दोलन होइन, आमूल परिवर्तनको क्रान्ति आवश्यक छ। क्रान्ति भन्नासाथ डराउनुपर्ने छैन। पुरानो व्यवस्था हटाएर जनताको अधिकारको लागि हामी लडेका हौँ’ उनले भने।