पेचिलो बन्दै नेकपा विवाद: प्रधानमन्त्री ओलीलाई माधव नेपालले दिए काउन्टर - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

पेचिलो बन्दै नेकपा विवाद: प्रधानमन्त्री ओलीलाई माधव नेपालले दिए काउन्टर



काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काउन्टर दिएका छन् ।

नेता नेपालले आफू पार्टीको तेस्रो अध्यक्ष नबन्ने बताउँदै प्रधानमन्त्री ओलीलाई यस्ता उधारो गफमा नभुल्ने जवाफ फर्काएका छन् । बुधबार सचिवालय बैठकमा ओलीले नेपाललाई तेस्रो अध्यक्ष बनाउने बचन दिएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग बिहिबार साँझ भएको भेटमा नेपालले सो प्रस्ताव अस्वीकार गरेका हुन्।

आज प्रधानमन्त्री ओली र नेता नेपालबीच भेट भएको र प्रधानमन्त्री ओलीले तेस्रो अध्यक्ष हुनका लागि राखेको प्रस्ताव ठाडै अस्विकार गरेको नेपाल निकट नेताले बताएका छन् ।

ति नेताले ओलीले पार्टी र सरकार दुवैको नेतृत्व छाड्नुपर्ने निश्कर्षमा नेता नेपाल रहेको स्पष्ट पारे।

ओलीले पार्टी र सरकार दुवैको नेतृत्व गर्न नसक्ने निश्कर्षमा अहिले पनि कायम नेपाल समूह कायम रहेको बताइएको छ । त्यसैले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै छाड्नु पर्ने विषयमा अडिग अडिग भएको उनले बताएका छन् ।

बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाको महामारी सकिएपछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेपाललाई तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरेका थिए।

सो बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री नेपाल, झलनाथ खनालसहितको नेताहरुले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए।

बुधबारको सचिवालयमा प्रधानमन्त्री ओलीले राखेको प्रस्तावमाथि शनिबार छलफल हुने नेताहरुले जनाएका छन्।

बिहीबार साँझ प्रधानमन्त्री ओलीले नेता नेपाललाई संवैधानिक निकायहरुमा गरिने नियुक्तिका लागि छलफल गर्न बेलाएको नेपाल निकट नेताहरुले बताएका छन्।