माधव नेपाल भन्छन्: ओलीले दासहरू मात्रै मन पराउँछन् - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

माधव नेपाल भन्छन्: ओलीले दासहरू मात्रै मन पराउँछन्



विराटनगर– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले चाकडी गर्ने दासहरू मात्रै मन पराउने गरेको बताएका छन् ।

शुक्रबार विराटनगरमा नेता नेपालले आफू खुसी काम गर्दै आएका ओलीका सबै कुरा आफूहरुले नमान्ने उल्लेख गरे । उनले आफूहरू केपी ओलीको दास नभएको पनि बताए । नेता नेपालले विधानविपरीत काम गर्ने ओलीलाई साथ दिनेहरू दास भएको टिप्पणी गरे ।

ओली प्रति निक्कै आक्रोशित देखिएका नेता नेपालले भने, ‘हामी सबै पदाधिकारीको पद चैट हुने ओलीको बाँकी रहने ? यस्तो पनि कही हुन्छ ? ’

ओलीले पूरै अवैधानिक कदम चालेको बताउँदै नेपालले भने, ‘उहाँले विधान र विधिविपरीत काम गर्नु भएको छ । विधानविपरीत कामगर्ने कुरालाई पनि साथ दिने दास हुन् । हामी दास होइनौँ । हामी ओलीको मुख हेरेर अगाडि बढेका होइनौं ।’

उनले ओलीमा असहिष्णुताको प्रवृति चरम पराकाष्ठमा पुगेको आरोप लगाए । ओलीले विधि र विधान विपरीत काम गरेको उनको आरोप छ ।

उनले भने, ‘उहाँका भक्तजन, भजनमण्डली बाहेक अरु कसैलाई उहाँ सहन गर्नुहुन्न । उहाँमा असहिष्णुताको प्रवृति चरम पराकाष्ठामा पुगेको छ । उहाँ एक्लिँदै जानु भएको छ ।’